कसरि सुरु भयो सिरिया युद्द ? कुन देशको के स्वार्थ ?

सिरियाको समस्या आजको होइन । युद्ध सुरु हुनुपुर्व नै सिरियाली जनताहरुले बेरोजगारी, चरम भ्रष्टाचार, राजनीतिक स्वतन्त्रता र राष्ट्रपति बसर अल असादको दबाबको विरोध गर्दै आइरहेका थिए । सन् २००० मा आफ्नो पिता हाफेजले कार्यभार छोडेपछि उनले सम्हालेका थिए ।
अरब स्प्रिङबाट प्रेरित भएर सन् २०११ को मार्चमा पश्चिम सिटी डेरामा प्रजातन्त्रको पक्षमा आन्दोलनहरु चर्कन थाले । तर, सानो आगोको झिल्का देशभर फैलन समय लागेन । सरकारले आन्दोलन दबाउन ठुलो शक्ति प्रयोग गरेपछि सिरियाका जनता सबै सडकमा उत्रिन थाले । उनीहरुले राष्ट्रपतिको राजिनामा माग गरिरहेका थिए भने अर्को तर्फ बसर आफ्नो पद जोगाउन राजनीतिक खेलमा व्यस्त देखिन्थे ।
आन्दोलनले कडा रुप लिन थालेपछि विपक्षी समर्थकहरुले हतियारको सहारा लिन थाले । सुरुमा त हतियार आत्मरक्षाका लागि प्रयोग गरियो तर, पछि यसको प्रयोग सुरक्षा फौजहरुलाई आफ्नो क्षेत्रबाट भगाउन प्रयोग गर्न थालियो ।
तर, बसरले पनि कसम खादै भने,‘म विदेशी शक्तिको भरमा उम्लिएको आतंकवाद निमाश पारेरै छोड्नेछु ।’
विस्तारै आन्दोलन नियन्त्रणबाहिर गयो र देश गृहयुद्धमा फस्यो । सरकारी सुरक्षाकर्मीसँग लड्न विपक्षीहरुले पनि विद्रोही ब्रिगेडको निर्माण गर्न थाले । सिरियामा त्यसपछि रगतको खोला बग्न सुरु भयो ।
विस्तारै आन्दोलन नियन्त्रणबाहिर गयो र देश गृहयुद्धमा फस्यो । सरकारी सुरक्षाकर्मीसँग लड्न विपक्षीहरुले पनि विद्रोही ब्रिगेडको निर्माण गर्न थाले । सिरियामा त्यसपछि रगतको खोला बग्न सुरु भयो ।
यो असाद र विद्रोही पक्षको मात्र युद्ध रहेन । सिरियामा जब क्षेत्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु, इरान, रसिया, साउदी अरेबिया र अमेरिकाले सहितले आक्रमण गरे त्यसपछि लाखौको संख्यामा मानिसको ज्यान जान सुरु भयो । बसरको सरकारलाई सैन्य, आर्थिक तथा राजनैतिक सहयोग मिलेपछि सिरियामा युद्धले अर्को भयानक रुप लियो ।
विदेशी शक्तिहरुले विभिन्न षडयन्त्र रची आतंकवादी संगठनहरुलाई फुटाउने तथा उनीहरुलाई आक्रमण गराउन मदत गर्ने काम समेत गरे ।
जिहादी संगठनहरु पनि विभिन्न समुहमा बनाइ अगाडि बढ्न थाले । आंतकवादी संगठनहरुले पनि क्षेत्र विभाजन गरेर आफ्नो नियन्त्रणमा लिने योजना बनाउँदै अगाडि बढे । हायत ताहिर अल–साम, यो आतंकवादी संगठन अल कायदासँग अनुबन्धित रहेको थियो, यसले उत्तर–पश्चिम राज्यमा नियन्त्रण बनाइ बस्ने काम गरेको थियो ।
विश्वकै शक्तिशाली आतंकवादी संगठन आइएस जसले सिरियामा सबैभन्दा धेरै क्षेत्र नियन्त्रणमा छ । उत्तरी र पुर्वी सिरियामा आफ्नो बर्चस्वका कायम राख्न आइएस सरकारी सैनिक, बिद्रोही ब्रिगेड र कुर्दिस मिलिसियासँग लड्दै आइरहेको छ । आइएस अमेरिका र रसियाको समेत प्रमुख निशानमा रहेको छ ।
हजारौको संख्यामा सिया मिलिसियाहरु इरान, लेबनान, इराक, अफगानिस्तान र यमनबाट सिरियामा आइ युद्ध लडिरहेका छन् । धर्म रक्षाको लागि युद्ध गरेको उनीहरु बताउँदै आइरहेका छन् ।
किन विश्वका शक्तिशाली देशहरु सिरियामा आक्रमण गरिरहेका छन् ?
राष्ट्रपति असादको पद धरापमा परेपछि रसियाले उनको मदत गर्न खाजेको थियो । आइएससँग लगातार पराजित भएपछि सन् २०१५ मा सिरियामा सन्तुलन बनाइराख्न मदत गरेको थियो । मस्कोले आतंकवादी मात्रै आफ्नो निशानामा रहने बताएको थियो । तर, अधिकारकर्मीहरुले भने,‘रसियाले पश्चिम समर्थित विद्रोही संगठनहरुलाई आक्रमण गर्यो ।’
६ महिनापछि रसियाका राष्ट्रपति भलाद्मिर पुटिनले आफ्नो मिसन सकिएको भन्दै सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरे । सन् २०१६ मा रसियाले अत्याधुनिक हातहतियारको प्रयोग गर्दै विद्रोही संगठनलाई ध्वस्त पार्ने काम गरेको थियो ।
सिया शक्ति रहेको इरानले अर्बौ रुपैयाँ यस युद्धमा खर्चेको छ । अलाविदको दबदबा रहेको सरकारलाई बलियो बनाउन पनि सैन्य तथा आर्थिक सहयोग गरेको थियो । हतियार पनि सहज रुपमा सिरियालाई उपलब्ध गराउने तथा तेल ट्रान्सफरमा समेत मदत गरेको थियो ।
मिडिया रिपोर्टका अनुसार हजारौको संख्यामा इरानले सिरियामा आफ्ना सैनिकहरुल पनि पठाएको थियो ।
असादको इरान र अरबसँगको राम्रो सम्बन्धले पनि उनले धेरैभन्दा धेरै सहयोग पाइनै रहे । सिरिया तेल आयात गर्नका लागि प्रमुख ट्रान्जिट भएका कारण पनि सबैको निशानामा रहेको थियो । इरानबाट हातहतियार ल्याउनका लागि लेबनानी सिया इस्लामिसट संगठन हेजबोल्लाहको प्रमुख ट्रान्जिट पनि सिरिया नै रहेको थियो । जसका लागि पनि उसले सरकारलाई सहयोग गर्न हजारौ सेना सिरिया पठाएको थियो ।
उता अमेरिकाले भने सिरियामा भएको विनाशको जिम्मेदार राष्ट्रपति असाद भएको बताएको थियो । उनले सिमित मात्रामा सैन्य सहयोग गरेको र आतंकवादीसँग अत्याधुनिक हतियार भएको बताउँदै आएका थिए ।
सन् २०१४ को सेप्टेम्बरदेखि अमेरिकाले सिरियामा हवाइ आक्रमण गर्न सुरु गर्यो । पहिलो आक्रमणमा अमेरिकाले एयरबेसमा गरेको थियो । पछि सोही केन्द्रलाई केन्द्रित गरी केमिकल आक्रमण पनि भएको थियो ।
साउदी अरेबियामा सुन्नीको शासन रहेको छ । यसले इरानलाई काउन्टर दिदै आइरहेको छ ।
विद्रोही पक्षलाई समर्थन गर्दै आइरहेको टर्कीले कुर्दिस पपुलर प्रोटेक्सन युनिटलाई मिलिसिया सहयोग गर्दै आइरहेको छ ।

युद्धको असर
युएनको रिपोर्टका अनुसार बितेको पाँच वर्षमा २ लाख ५० हजार मानिसहरुको ज्यान गइसकेको छ । सन् २०१५ पछि युएनले उक्त रिपोर्टबारे अपडेट भने गरेको छैन
युकेमा रहेको एक सर्बेक्षण समुहले सन् २०१६ सम्ममा ३ लाख २१ हजारको ज्यान गएको बताएको थियो ।
५० लाखभन्दा बढी मानिसहरुले सिरिया छाडिसकेका छन् । लेबनान, जोर्डन, टर्कीले ठुलो संख्यामा शरणार्थी समस्या भोग्नु परेको तथ्य बाहिर आएको थियो ।
अर्को रिपोर्ट अनुसार भने सन् २०१६ को फ्रेबअरीमा ४ लाख ७० हजारको ज्यान गएको रिपोर्ट सार्वजनिक भएको थियो ।५० लाखभन्दा बढी मानिसहरुले सिरिया छाडिसकेका छन् । लेबनान, जोर्डन, टर्कीले ठुलो संख्यामा शरणार्थी समस्या भोग्नु परेको तथ्य बाहिर आएको थियो ।
१० प्रतिशत शरणार्थीहरु सुरक्षीत रुपमा युरोप पुगेका थिए ६३ लाख सिरियाली जनता भने बेघर भएका छन् । ८५ प्रतिशत सिरियाली जनता गरिबीको रेखामुनि रहेका छन् ।

कपालदेखि मुटुसम्मको लागि उपयोगि फिटकिरी यसरी प्रयोग गर्नुस्…

फिटकिरीले केवल पानी मात्र सफा गर्दैन। यसले स्वास्थ्यमा पनि कयौं तरिकाले फाइदा गर्छ । यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ । फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ । म्याग्नेसियम मानिसको कोषको महत्वपूर्ण हिस्सा हो, जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर हामीलाई स्वस्थ बनाउँछ ।
मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउनुस् । १५/२० मिनेट पश्चात चिसो पानीले धुनुस् । हप्तामा एक पटक यस्तो गर्दा कपाल बाक्लो हुन्छ। दुखेको हात वा खुट्टा दुई चम्मा फिटकिरी घोलेको पानीमा डुबाउनुस् दुखाइ कम हुन्छ । म्याग्नेसियमले शरिरबाट हानिकारक पदार्थ निकाल्छ । तातो पानीमा एक कप फिटकिरी पाउडर हालेर १०/१५ मिनेट पछि त्यो पानीले नुहाउँनुस् ।

ग्याष्ट्रिकले यसरी सतायाे ? नआतिनुहोस्, घरमै बनाउन सकिन्छ अाैषधि…

मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
अल्छी स्वभाव विकसीत हुनु अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोग बाट ग्रसित छ।
मसालेदार, तारेभुटेको, चप्प खोज्ने हाम्रो स्वाद जिब्रोनै हाम्रो परम शत्रु बन्न पुगेको नआतिनुहोस् यहाँ हामीले पाएको फाईदा यहाँहरु समक्ष् बाँड्दै छौँ। जुवानो र बिरे नुन त हामी सबैको भान्छामा हुने चिज हो। हो यही हो यो रोग को औषधी । जुवानो सुत्केरीलाई मात्र खुवाउने चिज होइन रहेछ। यो त पाचक रहेछ, त्यही भएर त्यो सुत्केरी अवस्थाको अत्यधिक चिल्लो पचाउने काम गर्दो रहेछ यसले।
औषधी बनाउने बिधी यस्तो छ एकातिर बिरे नुनलाई धुलो हुने गरी पिसौं। ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं। ५ चम्चा ज्वानो मा करीब १ चम्चा बिरे नुन मिसाऔँ । यही अनुपातमा आफुँलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ। जब आफुलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ। तत्कालै यसबाट राहत पाईन्छ । रोग नियन्त्रणमै छ भने राती सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खुलेर आउँछ। 

नयाँ नेपालको प्रश्न- ‘थर कसको ?’

डा. बाबुराम भट्टराईसँग विवाह गरेकी हिसिला यमी जनजाति हुन् कि ब्राह्मण ? देव गुरुङसँग विवाह भएकी यशोदा सुवेदी बाहुन कि जनजाति ? लीलामणि पोखरेलकी पत्नी शशी श्रेष्ठलाई जनजाति मान्ने कि बाहुन ? जात, धर्म केही नमान्ने भनिएको कम्युनिष्ट पार्टीभित्रै समयक्रममा कसको जात के ? श्रीमानको थर मान्ने कि आफू जन्मिँदाको भन्ने गम्भीर प्रश्न उठेको छ । केही नेता पत्नीहरूलाई फरक–फरक ‘क्राइटेरिया’का आधारमा समानुपातिक सांसद बनाइएपछि जन्मँदाको थरलाई मान्ने कि विवाहपछिको ? भन्ने विषय गम्भीरतापूर्वक उठेको हो ।
पुरुषहरूमा पनि विवाहपछि थर फेर्ने चलन हुँदो हो त अहिलेको राजनीतिक व्यवस्थाले राधिका शाक्यसँग विवाह गरेका केपी ओली जनजाति कि ब्राह्मण ? निर्मला श्रेष्ठसँग विवाह गरेका विजय गच्छदार श्रेष्ठ कि थारू ? रविलक्ष्मी चित्रकारसँग विवाह गरेका झलनाथ खनाल, झुमा देवानसँग विवाह गरेका प्रदीप नेपाल, मीरा ध्वजूसँग विवाह गरेका ईश्वर पोखरेल, सुजिता शाक्यसँग विवाह गरेका शंकर पोखरेल, अष्टलक्ष्मीका पति अमृत बोहरा जनजाति कि ब्राह्मण ? भन्ने प्रश्न उठाउने ठाउँ दिने थियो । तर, महिलामा मात्रै यो लागू हुने हुँदा पुरुष राजनीतिकर्मीले यसप्रकारको जटिल अवस्थाबाट गुज्रनुपर्ने परिस्थितिको सिर्जना नहुने निश्चित छ । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसँगै जातका आधारमा अवसर दिलाउने प्रणालीको विकास गरिएको हुनाले अहिलेको राजनीतिक व्यवस्थालाई यसमा जिम्मेवार मान्नुपरेको हो ।
जीवनसाथीका रूपमा गाँसिएको पति–पत्नीको सम्बन्धभित्र राजनीतिक अवसरले प्रवेश गरेपछि अब विवाहित महिलाको सवालमा ‘थर कसको ?’ भन्ने विषयमा निर्क्योल गर्नैपर्ने भएको छ । अहिलेको राजनीतिक प्रणालीले पुरुष र महिलाभित्रका विविधतालाई उनीहरूको ज्ञान–सीपले नभई जातको आधारमा छुट्याएर हेर्छ । प्रतिनिधिसभा र प्रादेशिक सभाका समानुपातिक प्रणालीबाट सांसद हुनका लागि आदिवासी जनजाति, खसआर्य, दलित, मधेसी, थारू र मुस्लिम हुनुपर्ने हुन्छ । यही समावेशी समूहभित्र पर्नुपर्ने हुँदा चेतनाको वृद्धिसँगै गौण हुनुपर्ने ‘थर’को प्रश्न थप महत्वपूर्ण बन्दै गएको हो ।

अन्तरजातीय होस् या सामान्य, विवाहपछि थर कसको ? भन्ने कुरा नितान्त व्यक्तिगत इच्छामा भर पर्दै आएको छ । कतिपय महिलाले धेरै वर्षअघि पनि आफ्नै नाम, पहिचानका लागि पतिको थर राखेनन् । साधना प्रधान, साहना प्रधानहरू त्यस्ता ऐतिहासिक पात्र हुन् जसले त्यतिबेलाको जमानामा विवाहपछि आफ्नो थर परिवर्तन गरेनन् । पति मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि साधना अधिकारी भनेर साधनाको नामका पछि पतिको थर मिडियाले जोडेका हुन् । सामान्यतया विवाहपछि महिलाले पतिको थर राख्नुको सम्बन्ध पैतृक सम्पत्तिसँग जोडिएको देखिन्छ । पतिको थर नराख्दा उसको सम्पत्तिको हकदार हुनका लागि कागजी झमेला हुने हुँदा महिलाले विवाहपछि थर परिवर्तन गरी पतिको नाममा नागरिकता बनाउँथे, बनाउने गरेका छन् । सोहीअनुरूप अन्य पारिवारिक कारोबारहरू अघि बढ्थे । तर, अब थरको विषय राज्यको अवसरसँग जोडिन पुगेको छ ।
को, कुन जातको हो भन्ने आधारमा अवसरको बाँडफाँड हुने भएका कारण राजनीतिक दलभित्र यो विषयले प्रमुखता पाएको हो । राज्य प्रणाली यसैगरी अघि बढ्दै जाने हो भने यो विषय राजनीतिक दलभित्र मात्र नभएर सबै वर्ग, तह र तप्काका विभिन्न समुदायका लागि सरोकारको विषय बन्ने निश्चित छ । अब नेपाल सम्भवतः त्यस्तो मुलुक बन्दै छ जहाँ विवाहजस्तो नितान्त व्यक्तिगत कुरा जोडघटाउ र हिसाबकिताबको विषय बनाइनेछ । जुन हिसाबकिताबमा पुरुषहरू जहाँको त्यहीँ हुनेछन्, उनीहरूसँग विवाह गरेका आधारमा महिलाहरूको मान र अपमान हुनेछ । जुन कुराको सुरुवात भइसकेको छ ।
उदाहरणका रूपमा एनेकपा माओवादीकी नेतृ एशोदा सुवेदीलाई लिन सकिन्छ । पार्टीमा उहाँको आफ्नै पृष्ठभूमि छ । नेता देव गुरुङसँग विवाह भयो । समानुपातिकतर्फको जनजाति कोटामा एशोदा सुवेदी गुरुङ भनेर नाम राखिएको छ । अहिले उहाँको नाममा पार्टीभित्र विवाद सिर्जना गरिएको छ, बाहुन भएर जनजातिको भाग खोस्न पाइन्छ ? उहाँ ब्राह्मण कि जनजाति ? राजनीति र अन्तरजातीय विवाह गरेकोमा वर्षौंसम्म आफन्तबाट अलगझैँ व्यवहार गरिएकी उहाँले यस्तो प्रश्नको सामना गर्नुपरेपछि जिन्दगीमा फर्किएर आफैँलाई प्रश्न गर्नुपर्ने समय आएको छ, साँच्चै म बाहुन कि जनजाति ? दलितसँग विवाह गरेर दलितको कोटामा परेका अन्य जातिका महिलामाथि पनि यस्तो प्रश्न गरिएको छ, गैरदलित भएर दलितको भाग लिन मिल्छ ? मधेसीको सवालमा पनि यही लागू हुन्छ ।
यो प्रसङ्गले अब नेपालमा अन्तरजातीय विवाहमाथि नै प्रश्न खडा गरिदिएको छ । गैरदलितले दलितसँग विवाह गर्दा या क्षेत्री–बाहुन महिलाले जनजातिसँग विवाह गर्दा समाजमा खप्नुपरेको अपहेलनाको पहाड कत्रो थियो होला भनेर सोचिएको छैन । त्यसप्रकारको अपहेलनाको मूल्य प्रायः महिलाले नै चुकाउनुपर्छ । तर, विवाहजस्तो व्यक्तिगत मामिलामा दुःख भयो भनेर राज्यको अवसर लिन कहाँ पाइन्छ र ? भन्ने प्रश्नलाई पनि नकार्न मिल्दैन ।
पुरुषहरूमा पनि विवाहपछि थर फेर्ने चलन हुँदो हो त अहिलेको राजनीतिक व्यवस्थाले राधिका शाक्यसँग विवाह गरेका केपी ओली जनजाति कि ब्राह्मण ? निर्मला श्रेष्ठसँग विवाह गरेका विजय गच्छदार श्रेष्ठ कि थारू ? रविलक्ष्मी चित्रकारसँग विवाह गरेका झलनाथ खनाल, झुमा देवानसँग विवाह गरेका प्रदीप नेपाल, मीरा ध्वजूसँग विवाह गरेका ईश्वर पोखरेल, सुजिता शाक्यसँग विवाह गरेका शंकर पोखरेल, अष्टलक्ष्मीका पति अमृत बोहरा जनजाति कि ब्राह्मण ? भन्ने प्रश्न उठाउने ठाउँ दिने थियो ।
पतिको थरबाट होइन महिलाले आफ्नै नामबाट चिनिनुपर्छ भनेर लुसी स्टोन नाम गरेकी अमेरिकी महिलाले सन् १८५० तिरै आवाज उठाएकी थिइन् । आफ्नो पहिचान नगुमाउनलाई महिलाले पतिको थर राख्नुहुन्न भन्दा त्यतिबेलाको अमेरिकी समाजमा उनले अनेक प्रश्नहरूको सामना गर्नुपरेको थियो । पतिपत्नीको सम्बन्ध प्रेमविहीन भएपछि सँगै बस्नुभन्दा छुट्टिनु नै उपयुक्त हुने उनको धारणा थियो । सयौँ वर्षअघिको उनको वकालतले अमेरिकी समाजमा अहिले पनि पूर्णता पाउन सकेको छैन । पतिको थर राख्ने कि आफ्नै ? भन्ने कुरा विश्वमै ऐच्छिक हो कसैले राख्छन्, कसैले राख्दैनन् । सार्वजनिक जीवनमा पतिको नाम भजाउनुपर्नेहरूले प्रायः यो सुविधा लिएको देखिन्छ । कतिले चाहिँ शुरुदेखि नै पतिको थर राखेकाले त्यसैलाई निरन्तरता दिएका छन् ।
कतिपय अवस्थामा यो परिस्थितिजन्य पनि भएको देखिन्छ । जवाहरलाल नेहरूकी छोरी इन्दिरा नेहरूका पति फिरोज खान कसरी गान्धी भए ? राजनीतिक निरन्तरताका लागि इन्दिरा गान्धी र उनका पति दुवैको थर एकैपटक परिवर्तन गरिएको थियो । इन्दिरा र फिरोजले विवाहपछि गान्धी लेख्न थालेका हुन् । सोनिया गान्धीलाई सोनिया माइनो लेखेर भारतको राजनीतिमा टिक्न सम्भव थिएन । यसलाई महिलाले पतिको थरलाई गर्दै आएको परिस्थितिजन्य प्रयोगका रूपमा लिन सकिन्छ ।
थर पतिको राख्ने कि आफ्नै ? अवसर आफ्नै नाम, पहिचानबाट लिने कि पतिको ? सम्पति लिनका लागि कागजी झन्झट कसरी मिलाउने ? यी सारा प्रश्नको जवाफ एउटै छ, महिला आत्मनिर्भर हुने । पेसा, व्यवसाय, नाम, पहिचान, घर, सम्पत्ति सबै आफ्नै भएपछि पतिको थर मात्र होइन धेरै कुरामा महिला पुरुष दुवैलाई सहज हुन्छ । आफैँले आफ्नो मान र आत्मसम्मान बढाउने अवस्थामा नपुगुञ्जेलसम्म महिलाले यस्ता अनेक प्रश्नको सामना गरि नै रहनुपर्नेछ ।

आमाबुवाकै कारण यस्तो समस्यले ग्रसित हुँदैछन् बालबालिका

तपाईंले ख्याल गर्नुभएकै होला, अहिलेका बच्चाको मुड ठिक छैन । क्षणमै रिसाउँछन् । क्षणमै खुसी हुन्छन् । अर्थात उनीहरुको मानसिकता स्थितर छैन ।...