जलविद्युत् उत्पादनमा प्रदेश ४ अरूभन्दा अगाडि छ । लगानी बोर्डले मंगलबार पोखरामा गरेको लगानीको सम्भाव्यताबारे छलफलमा जलविद्युत्लगायत अन्य क्षेत्र पनि औंल्याइएका छन् ।
छलफल कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद, निजी क्षेत्रका प्रतिनिधि र बोर्डका पदाधिकारी रहेका थिए । लगानीको सम्भावनाका क्षेत्र, लगानीमैत्री नीति नियम निर्माण, वैदेशिक लगानी र आन्तरिक स्रोतको उपयोगबारे अन्तरक्रिया भयो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकृतले प्रदेशमा बोर्डले सहजीकरण गरेका योजना, अध्ययन गरेको कार्यक्रम र सम्भावित योजनासम्बन्धी प्रस्तुति राखे । उनले माथिल्यो मस्र्याङदी २ जलविद्युत् आयोजना र होङ्सी शिवम सिमेन्टको संयोजन बोर्डले गरिरहेको बताए । उनका अनुसार ६ सय मेगावाटको माथिल्लो मस्र्याङदी बनाउन जीएमआर र विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त नियोगबीच आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । आयोजनामा बुटवल पावर कम्पनीको १९.४ प्रतिशत सेयर छ । बाँकी सेयर भारतको जीएमआरले तीन चिनियाँ कम्पनीलाई बेचिसकेको छ ।
जीमआरले विद्युत् भारत निर्यात गर्ने उद्देश्यसहित आयोजना निर्माण गर्ने बताएको थियो । लमजुङ र मनाङमा पर्ने आयोजनामा ४ युनिटबाट ६ सय मेगावाट विद्युत् निकाल्ने योजना छ । आयोजनाका लागि १ खर्ब लगानी लाग्ने अनुमान छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भइसकेको छ ।
नवलपुरमा रहेको होङ्सी शिवम सिमेन्टले परीक्षणका रूपमा उत्पादन थालिसकेको छ । पाल्पामा खानी रहेको ३६ अर्ब रुपैयाँको परियोजनामा हङकङका लगानीकर्ताको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत लगानी छ । साढे दुई वर्षको अवधि राखिए पनि उद्योगले १५ महिनामा उत्पादन सुरु गरेको हो । परीक्षणकालमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गरिरहेको उद्योगले ६ महिनासम्म दैनिक ६ हजार र त्यसपछि दैनिक १२ हजार टन उत्पादन क्षमता राख्छ । उद्योगलाई चाहिने ८० मेगावाट विद्युत्मध्ये हाल इन्धनबाट २५ मेगावाट मात्रै पूर्ति भएको छ ।
वीरेठाँटी–मुक्तिनाथ केबल कार
कास्कीको वीरेठाँटीबाट मुक्तिनाथसम्म केबल कार पुर्याउन मुक्तिनाथ दर्शन केबल कार प्रालिले चासो देखाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीका अनुसार लगानी बोर्ड र प्रालिबीच छिट्टै समझदारीपत्रमा हस्ताक्षर हुनेछ । उनले विभिन्न मन्त्रालयसँग समन्वय गर्नुपर्ने भएकाले राय माग्न १५ दिनको समय दिइएको बताए । समझदारीपत्रमा हस्ताक्षर भएको १८ महिनाभित्र प्रालिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेछ ।

३४ अर्ब रुपैयाँको लगानीमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा केबल कार बन्नेछ । वीरेठाँटीमा पहिलो स्टेसन हुने केबल कार म्याग्दीको तातोपानी, मुस्ताङको लेते, कागबेनी हुँदै मुक्तिनाथ पुग्नेछ । सम्भाव्यता अध्ययनको प्रालिले बैंक ग्यारेन्टी स्वरूप बोर्डलाई ४ करोड रुपैयाँ बुझाएको छ ।
‘हिजोको दिनमा धेरै परियोजनाको अध्ययन गर्छौं भनेर गर्दै नगर्ने काम भयो,’ अधिकारीले भने, ‘अब अध्ययन भएन भने बैंक ग्यारेन्टी खोसिने व्यवस्था गरेका छौं ।’ १८ महिनाभित्र डीपीआर तयार नभए मुक्तिनाथ दर्शनको ४ करोड रुपैयाँ सरकारले जफत गर्छ । अधिकारीले बताएअनुसार उक्त परियोजनामा हाल तीन नेपाली प्रवर्तक देखिएका छन् । ती प्रवर्तकले भारतीय लगानी जुटाउन लागेको उनले जनाए । आयोजनाबाट प्रभावितलाई अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंककै मापदण्डअनुसार सन्तुष्ट बनाउने जानकारी उनले दिए ।
मनाङमा स्की रिसोर्ट
हिउँमा खेलिने खेल स्कीको रिसोर्ट मनाङमा बनाउन बोर्डले प्रक्रिया अघि बढाएको छ । रिसोर्टको सम्भाव्यता अध्ययनका लागि परामर्शदाता कम्पनी छनोटको सूचना निकालिसकेको छ । जेठ ८ मा बोर्डल स्की रिसोर्ट सम्भाव्यता अध्ययन गर्न इच्छुक कम्पनीबाट २१ दिनभित्र आशयपत्र पेस गर्न आहान गरेको थियो । ‘मनाङमा स्की खेलको सम्भाव्यता अध्ययन गर्न लागेका हौं,’ उनले भने । स्की रिसोर्ट निर्माणपछि विदेशी खेलाडी भित्रिने उनको अपेक्षा छ । त्यसबाहेक सिसा उद्योग र एकीकृत कृषिमा लगानी सम्भाव्यता प्रदेश ४ सहित देशैभरि गरिने उनले जनाए ।

लगानीका १४ क्षेत्र
बोर्डले ५ सय मेगावाटमाथिका जलविद्युत, ३ सय बेड माथिका अस्पताल र १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको परियोजनामा सहजीकरण गर्छ । अधिकारीले परियोजना बैंक स्थापना गरी १ सय २७ सम्भावित क्षेत्र तयार गरेको जनाए । जसमध्ये १४ परियोजना प्रदेश ४ का छन् ।

ठोस फोहोर व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, धार्मिक पर्यटन मार्ग, सौर्य ऊर्जा, शैक्षिक, प्राविधिक क्याम्पस, स्पोटर्स सिटी, आईटी पार्क, पर्यटन बस टर्मिनल, मनोरञ्जन पार्क, साहसिक खेल पर्यटन, पाँच तारे होटल, उत्तर–दक्षिण करिडोर, सहरी केबल कार र निजी अस्पताल सम्भावित लगानी क्षेत्र भएको बोर्डको परियोजना बैंकमा उल्लेख छ ।
सौर्य ऊर्जाबाट कास्कीको लेखनाथमा ५१, बागलुङमा ९९, मनाङमा १ सय ६९ र मुस्ताङको लोमान्थाङमा ६ सय ३७ मेगावाट विद्युत् उत्पादको सम्भावना रहेको बोर्डको अध्ययनमा छ । काठमाडौं–पोखरा रेलवे, सुख्खा बन्दरगाह, कालिगण्डकी स्टोरेज, एकीकृत कृषि पनि लगानी सम्भाव्य क्षेत्र भएको बोर्डको ठहर छ । ‘विदेशी लगानीकर्ताले हामीसँग आएर लगानी गर्ने परियोजना माग्छन्,’ अधिकारीले भने, ‘त्यतिखेर अध्ययन गरेर राखिएको परियोजना हामीसँग एउटा पनि हुँदैन ।’ उनले प्रदेशमा लगानी विङ वा बोर्ड नै बनाएर सम्भावना अध्ययन गर्न आवश्यक रहेको औंल्याए ।
Source:www.kantipurdaily.com