संसारमा एक जना मान्छे बराबर १ करोड ७० लाख झिँगा

संसारमा एक जना मान्छे बराबर १ करोड ७० लाख झिँगा छन्।
तिनीहरू परागसेचन गर्छन्। कुहिएका चिज र नालीका कीरा खान्छन्। अन्नबाली बिगार्छन्। रोग फैलाउँछन्। माकुरा मार्छन्। र, झ्यालिन्चाको शिकार गर्छन्।
यीमध्ये केहीले आफ्नो पखेटा गुमाएका हुन्छन्। त्यस्ता झिँगा चमेराको रगत खाएर जीवित रहन्छन्। उनीहरू चमेराका भुत्लाभित्र फुत्त–फुत्त उफ्रिँदै आफ्नो जीवन काट्छन्। त्यस्ता झिँगाले सामान्यतया एउटा मात्र बच्चा पाउँछ।
‘तिनीहरू जे पनि गर्छन्, जहाँ पनि जान्छन्। भुनभुन कराउँदै उड्छन्। र, प्रशस्त यौनसम्पर्क राख्न रुचाउँछन्,’ लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियममा झिँगाका संरक्षक एरिका म्याकएलिस्टरले भनिन्, ‘त्यसैले, म झिँगालाई प्रेम गर्छु।’
डा. एरिकाले झिँगाप्रतिको आफ्नो प्रेम ‘दी सिक्रेट लाइफ अफ फ्लाइज’ किताबमा प्रस्तुत गरेकी छन्। यो किताबमा झिँगाप्रति उनको अगाध लगाव ठट्यौली तरिकामा व्याख्या गरिएको छ। यसमा उनले आफूलाई मनपर्ने प्राणीबारे बढीभन्दा बढी सूचना दिने प्रयास गरेकी छन्।
खासगरी १ करोड ७० लाख झिँगाबारे जान्न चाहनेका लागि यो किताब स्रोत–पुस्तक हुनसक्छ। यो तथ्यांक पनि अनुमानित मात्र भएको उनी बताउँछिन्।
झिँगाबारे लेखिएको यो पहिलो किताब होइन। यसअघि पनि झिँगामाथि शोध गरेर थुप्रैले किताब लेखेका छन्। एरिकाजस्तै ती सबै लेखकमा एउटा समानता छ– उनीहरूको झिँगालाई हेर्ने दृष्टि रमाइलो र विनोदपूर्ण छ। उनी मानव जीवन र यो समग्र संसारकै निम्ति झिँगाको महत्व उजागर गर्न चाहन्छिन्। र, भन्छिन्, ‘मान्छेका हातले प्याट्ट हिर्काउन मात्र यो सृष्टिमा झिँगाको जन्म भएको होइन।’
उदाहणका लागि, झिँगाबिना चक्लेटको अस्तित्व नै हुँदैनथ्यो। एरिकालाई चक्लेट मन पर्दैन, तर उनी त्यस्ता झिँगा अत्यन्तै मन पराउँछिन्, जो चक्लेट उत्पादन हुने कोको बिरूवाको परागसेचन गराउन मद्दत गर्छन्। अत्यन्तै सानो आकारका त्यस्ता झिँगा अरू कीराको रगत खाएर बाँच्छन्। सँगसँगै, एउटा बिरुवाबाट अर्कोमा पराग ओसारपसार गर्न खुब मन पराउँछन्।
एरिकाको विशेषज्ञता भन्नु नै झिँगा हो। उनी सबै किसिमका झिँगा मन पराउँछिन्। उनको अध्ययन भने सानो जातका झिँगामा केन्द्रित छ, जसमा काला झिँगा र लामखुट्टे पर्छन्। ‘टोक्ने, घिनलाग्दा र रगत चुस्ने झिँगा मलाई एकदमै मन पर्छन्,’ उनले भनिन्।
उनले झिँगाबारे तलतल मेट्ने दुइटा तरिका छ — उनी संग्रहालयमा काम गर्छिन् र स्थलगत अध्ययनमा जान्छिन्। यो उनले चिताएकै काम हो। उनी आज पनि त्यो दिन सम्झन्छिन्, जब संग्रहालयमा काम थाल्नुअघि विद्यार्थीका रूपमा आएकी थिइन्। त्यतिबेला उनले मनमनै खुसी हुँदै भनेकी थिइन्, ‘म ३ करोड ४० लाख कीराहरू भएको घरमा छु। मैले ती कीरालाई सुटुक्क भनेकी थिएँ– म पनि तिमीहरूजस्तै छु है।’
एरिकाको यो झिँगा प्रेम बाल्यकालबाटै सुरु भएको हो। उनी सानैमा बिरालोका जुम्रा हेरिदिने गर्थिन्। र, त्यसलाई आफ्नो बुबाले दिएको माइक्रोस्कोपमुनि राखेर मिहिन अध्ययन गर्थिन्। छिट्टै उनको रुचि बिरालोको जीउमा पर्ने जुम्राबाट केही खतरनाक कीरातर्फ तानियो।
‘मलाई सानैदेखि प्रकृतिको अँध्यारो पक्ष मन पर्छ,’ माकुरा मार्ने झिँगाबारे कुराकानी गर्नुअघि उनले भनिन्, ‘प्रकृतिमा झिँगाको भूमिका यस्तै हुन्छ।’
उनका अनुसार झिँगाले मानव जातिलाई धेरै कुरामा मद्दत गर्छन्। फालिएका जैविक चिज सफा गरिदिन्छन्। यसै फालिएका काठका टुक्रादेखि नालाको फोहोरसम्म सफा गर्नमा झिँगाको ठूलो भूमिका हुन्छ। घरमा मान्छेले गर्ने फोहोर पन्छाउने पनि यिनै झिँगा हुन्।
कहिलेकाहीँ त यी झिँगा यति धेरै संख्यामा आइदिन्छन्, हाम्रो अनुहारै ढाक्ने गरी वरिपरि भुनाभुनाउन थाल्छन्। सबभन्दा डरलाग्दो कुरा, हामीले फेर्ने सासमा यिनीहरूको शरीरको थोरै मात्र हिस्सा पर्यो भने, स्वास्थ्यका लागि हानिकारक हुन्छ। कतिपय झिँगा मान्छे, मुसालगायत सबैको मृत शरीरमै बाँच्ने गर्छन्। त्यस्ता झिँगा १ हजार १ सय प्रजातिका हुन्छन्। कुनै पनि हत्या वा अन्य अप्राकृतिक मृत्युको कारण पत्ता लगाउने पोस्टमार्टममा यी झिँगा प्रयोग हुन्छन्। शव सडेर जाने क्रममा झिँगाले कुन चरणमा अन्डा पार्यो हेरेर कति दिनअगाडि मृत्यु भयो भनी थाहा पाउन सजिलो हुन्छ।
झिँगालाई विज्ञान प्रयोगशाला परीक्षणमा समेत महत्वपूर्ण विषयका रूपमा लिइन्छ। ऐतिहासिक रूपमा हेर्दा झिँगाले आधुनिक जेनेटिक्सको आधार खोज्ने पर्याप्त सूचना दिन्छ।
गत बिहीबार मात्र ‘सल्क इन्स्टिच्युट’ का वैज्ञानिकले इन्टरनेट सर्च इन्जिन सुधारमा झिँगाको मस्तिष्कले कसरी काम गर्छ भनी अध्ययन गरेका छन्। त्यस्तै, हार्वर्ड ह्युग मेडिकल इन्स्टिच्युट, जनेलिया अनुसन्धान संस्थाका वैज्ञानिकले झिँगाको चित्र आफ्नो नक्सामा उतारेका छन्। झिँगाका विभिन्न आनीबानी मिहिन अध्ययन गरेका छन्।
प्रयोगशाला सञ्चालन गर्दै आएका विवेश जयरमणका अनुसार झिँगाले कुनै पनि घटनामा तत्काल प्रतिक्रिया जनाउँदैन। बासना, सम्झना, भोक र डरको अवस्थामा मान्छेको अनुहारको रङ फेरिएजस्तै झिँगाले पनि यी फरक—फरक अवस्थामा छुट्टै प्रतिक्रिया जनाउँछ। एरिकालाई भने अन्टार्टिकादेखि आर्टिकसम्म पाइने सबै किसिमको झिँगा पछ्याउने सोख छ।
हामीलाई संसारभर भएका झिँगा वा कीरामध्ये १ लाख ६० हजारको मात्र नाउँ थाहा छ। त्यसबाहेक सबै कीराको नाउँ थाहा छैन। यो करोडौं, अर्बौंको संसार हो।
झिँगाको स्वरूप र व्यवहार पनि ठाउँ र प्रजातिअनुसार फरक पर्ने उनी बताउँछिन्। मध्यपूर्वमा पाइने एउटा प्रजातिका झिँगा फलफूल वरिपरि मात्र भुनभुनाउँछन्। ती झिँगा काटिकुटी माकुराजस्ता देखिन्छन्।
‘मेरो यो किताबले परिवार र आफन्त सबैलाई निकै खुसी तुल्यायो,’ एरिका भन्छिन्, ‘सुरुमा मेरो झिँगाप्रेम देखेर आमाबुबा अन्यौलमा पर्नुभएको थियो। म परिवारको माइलो सन्तान थिएँ। उहाँहरूले मलाई जे मन लाग्छ त्यही काम गर्नू भनेर खुला छाडिदिनुभयो।’
अहिले आएर परिवारका उनै सदस्य खुसी हुँदै भन्छन्, ‘एरिकाले धेरै राम्रो गरेकी छन्।’
एक अनुमानअनुसार सन् २०८० सम्म यस्ता झिँगाको संख्या २४४ प्रतिशत वृद्धि हुन सक्नेछ। झिँगाको दुनियाँमा केही यस्ता विषय छन्, जुन अझै रहस्यकै गर्भमा छन्। जस्तो, यो संसारमा कति प्रजातिका झिँगा छन् भन्ने कसैलाई थाहा छैन। सुन्तला आकारको ठूलो टाउको भएको झिँगाको अवस्था के छ भन्ने कसैले यकिन भन्न सक्दैन। यो प्रजातिको झिँगा लोपै भएको धेरैले अनुमान गरेका थिए। केही वर्षअघि यो फेरि कतै देखा परेपछि बल्ल लोप भएको छैन भन्ने थाहा भएको थियो।
आफूले सुल्झाउन नसकेका झिँगासम्बन्धी यी रहस्य खोतल्ने जिम्मा नयाँ पुस्ताको भएको उनी बताउँछिन्।
‘मैले आफ्नो तर्फबाट गर्न सक्नेजति काम गरेँ,’ उनी भन्छिन्, ‘अब नयाँ पुस्ताको पालो।’

मासु नखाँदा

मिठो खानेकुराको प्रसंग आउनसाथ हामी मासु सम्झन्छौ । मासुको परिकार हामीलाई स्वादिलो लाग्छ । तर, स्वस्थ्यकर नि ?
मासु स्वस्थ्यकर भने मानिदैन । मासु खानु र नखानुले शरीरमा खास प्रभाव पार्छ । मासु खानेभन्दा मासु नखानेको स्वास्थ्य राम्रो हुने प्रमाणित भइसकेको छ ।
केही वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएका छन्, सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ । यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् । जबकि शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ ।
अध्ययनबाट यो पनि पमाणित भएको छ कि जो मानिसहरु शाकाहारी भोजन गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ । यस आलेखमा हामी मासु नखाँदा शरीरलाई पार्ने १० असरको विषयमा चर्चा गर्दैर्छौं ।
१. तौल नियन्त्रण हुन्छ
मासु छोड्ने मानिसहरुको वजन लगभग १० पाउन्डसम्म कम हुन सक्छ । उनीहरुलाई आफ्नो क्यालोरी बढेको चिन्ता हुँदैन र उनीहरुले धेरै वर्क आउट पनि गर्नु पर्दैन । शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
२. पेटमा प्रोटेक्टिभ ब्याक्टेरिया बढ्छ
एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो ।
३. छाला स्वस्थ र सफा हुन्छ
शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढि डण्डीफोर, कोठी देखिँदैन । यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको त्वचा पनि सफा र स्वस्थ हुन्छ ।
४. शरीरमा फुर्ति बढ्छ
मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन् । शाकाहारी भोजनले केवल वजन बढ्ने र शरीरका विषाक्त पदार्थलाई मात्र नियन्त्रण गर्दैन, आफूलाई हल्का महसुस गर्न सकिन्छ ।
५. मुटु रोगको खतरा कम हुन्छ
रेड मिट खाँदा मुटु रोगका खतरा अधिक हुन्छ । रेड मिटमा मौजूद कार्निटिनको केमिकल रियाक्सनका कारण हाम्रो मुटुमा यसको नकारात्मक प्रभाव पर्छ ।
६. कोलस्ट्रोल एक तिहाई कम हुन्छ
यदि तपाईंले मासु खान छोडिदिनुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ । यसको तुलना कोलस्ट्रोल क मगर्ने औषधिसँग पनि गर्न सकिन्छ ।
७. जीनले राम्ररी काम गर्छ
मासु खान छोडेर तरकारी मात्र खाने गरियो भने हाम्रो जीन निकै राम्रो हुन्छ । यसले शरीरको कामलाई सामान्य गर्न मद्दत गर्छ ।
८. पोषणको कमी हुन सक्छ
मासु खान छाडियो भने शरीरमा आयोडिन, आइरन, भिठामिन डी र बी १२ को कमी हुन सक्छ । त्यतिबेला यी पोषक तत्वहरुयुक्त सप्लिमेन्ट सेवन गरेर यसको कमि पुरा गर्नुपर्ने हुन्छ ।
९. आफ्नो जिब्रोको स्वाद गुम्न सक्छ
जिंक हाम्रो जिब्रोको टेस्ट सेन्सेसनका लागि एक आवश्यक तत्व हो । रेड मिट र ओइस्टरमा अधिक मात्रामा जिंक पाइन्छ । तर, शाकाहारी भोजन गर्ने व्यक्तिहरुले कुनै अन्य स्रोतबाट जिंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्यथा जिब्रोले स्वाद थाहा पाउन छोड्दै जान्छ ।
१०. मसल्स बन्न समय लाग्छ

मांसपेशीहरुलाई मजबुत राख्नका लागि प्रोटिनको सबैभन्दा बढि आवश्यकता हुन्छ । प्लान्ट प्रोटिनले काम सुरु गर्न अत्यधिक समय लिन्छ । पोषणविदहरु शाकाहारी भोजन गर्ने व्यक्तिहरुलाई वर्क आउटपछि प्रोटिन लिने सल्लाह दिन्छन् ।

source https://www.onlinekhabar.com

आर्यघाटमा सुटुक्कै जल्यो नैतिकताको ‘सिंहदरबार’

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको केही घण्टाभित्रै शनिबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न भयो । न कुनै राष्ट्रिय सम्मान, न कुनै भीडभाड ।
परिवारका सदस्यहरु एवं शुभेच्छुकहरुको सानो उपस्थितिमै एक सर्वसाधारण नागरिकजस्तै गरी पूर्वप्रधानमन्त्रीलाई जलाइयो ।
पूर्वप्रधानमन्त्री विष्ट पञ्चायत कालमा लामो समय सत्तामा रहे । तर, उनको विशेषता नै यो रह्यो कि उनी सधैं सामान्य जीवनशैलीमा रहे । विष्टले जीवीतै हुँदा परिवारजनलाई भनेका थिए कि आफ्नो दाहसंस्कार गर्दा सलामी अर्पण नगराइयोस् र ठूलो तडक-भडक नदेखाइयोस् । परिवारजनले त्यसै गरेर धर्म निभाए ।
आफ्नो जीवनकालमा नैतिकता र सादगीपनको परिचय दिएका पूर्वप्रधानमन्त्री विष्टको निधनमा त्यस्तै सादगीपन देखियो आर्यघाटमा ।
सुटुक्कै जल्यो ‘सिंहदरबार’
सरल जीवनशैलीका ९१ वर्षीय विष्ट प्रधानमन्त्री पदमा रहेकै बेला ०३० साल असार २५ गते सिंहदरबारमा भीषण आगलागी भएको थियो । राति १० बजेतिर आगो लागेको थियो । प्रधानमन्त्री विष्टलाई विद्युत सर्ट भएर आगो लागेको सूचना दिइएको थियो ।
प्रधानमन्त्री विष्ट राति नै बालुवाटारबाट गाडी चढेर सिंहदरबार नजिकै रहेको राष्ट्रिय पञ्चायत भवन छेउमा आए । र, त्यहीँबाट मुलुकको मुख्य प्रशासनिक भवन ह्वारह्वारी जलेको दृश्य हेरे । र, त्यहीँ बसेर बलिन्द्र धारा आँशु खसालेर रोए ।
चीनको सीमानामा नेपाली भूमिमा रहेका भारतीय चेकपोष्टहरु विष्टकै पालामा हटेका हुन् । र, यही कारणले उनलाई भारतविरोधी राष्ट्रवादी नेताका रुपमा हेर्ने गरिएको छ
चन्द्र समशेरले सिंहमरमर प्रयोग गरेर बनाएको सिंहदरबारबाट निस्केको आगोको राप पुतलीसडक, बानेश्वर थापाथलीसम्म फैलिएको थियो । तर, देशको प्रधानमन्त्री त्यो दृश्य टुलुटुलु हेर्न विवश थिए ।
शाही नेपाली सेनाका जवानहरुले रातभर आगो निभाउने असफल प्रयास गरेका थिए । उनीहरुकै प्रयासले सिंहदरबारको अग्रभाग मात्रै जोगियो, अरु सबै जल्यो । अहिले त राजधानीमा बारुण यन्त्रहरु चुस्त दुरुस्त छैनन, त्यो बेला बालुवा र माटो हालेर आगो निभाउन सकिने कुरै थिएन ।
सिंहदरबार ह्वारह्वारी जलिरहँदा तत्कालीन प्रधानमन्त्री विष्ट रातभरि बालुवाटार नफर्किकनै त्यहीँ बसे । बिहान उज्यालो भएपछि उनी युद्ध हारेको सिपाहीजस्तो बनेर बालुवाटार फर्किए । अनि राजीनामा लेखेर दरबारमा राजा वीरेन्द्रलाई बुझाए ।
तत्कालीन प्रधानमन्त्री विष्टलाई राजा वीरेन्द्रले भनेका थिए- तिमीले सिंहदरबार जलाएको हैन, किन राजीनामा दिन्छौ ? राजीनामा फिर्ता लैजाऊ र मलाई सघाऊ । तर, विष्टले मानेनन् । मलाई नैतिकताले पदमा बस्न दिँदैन सरकार भन्दै उनले राजीनामा दिए ।
त्यसो त प्रधानमन्त्री विष्टलाई तत्कालीन भारतीय राजदूतले पनि राजीनामा नदेउ भनेका थिए । तर, विष्टले सामान्य रेल दुर्घटना हुँदा तिम्रा लालबहादुर शास्त्रीले राजीनामा किन दिए ? भन्दै राजदूतलाई जवाफ फर्काएको इतिहासमा पढ्न पाइन्छ ।
कीर्तिनिधि विष्ट नैतिकता गुमाएर पदमा टाँसिनुहुँदैन भन्नेमा दृढ थिए । उनले ०३६ साल बैशाख १९ गते विद्यार्थी आन्दोलनका कारण शिक्षामन्त्रीको जिम्मेवारीबाट पनि राजीनामा दिएका थिए । त्यसबेला पनि उनले नैतिकताका आधारमा शिक्षामन्त्री बनिरहन मिलेन भनेका थिए ।
त्यस्तै ०३६ साल जेठ १० गते विष्टले दोस्रोचोटि प्रधानमन्त्री पदबाट राजीनामा दिए । राष्ट्रिय पञ्चायतको ३० औं अधिवेशन चाँडै बस्न लागेको र सो पञ्चायतले नै नयाँ प्रधानमन्त्रीको सिफारिस गरोस् भन्ने राजाले चाहेको भन्दै उनले राजीनामा दिएका थिए ।
ज्यान गए पनि कुर्सी नछाड्ने नैतिकताहीन नेताहरुका लागि कीर्तिनिधि विष्ट नैतिकताका ‘सिंहदरबार’ नै हुन्, जो शनिबार दिउँसो आर्यघाटमा सुटुक्क जलेर प्रकृतिमा लीन भएका छन् ।
पारिवारिक स्रोतका अनुसार पूर्वप्रधानमन्त्री विष्टका कान्छा छोराले संसार छाडेको धेरै समय भएको छैन । र, आफ्ना पितालाई स्याहार गरिरहेका जेठा छोरा विनोद विष्ट पनि किड्नीका बिरामी हुन् ।
को हुन् विष्ट ?
थरले विष्ट भए पनि कीर्तिनिधि क्षेत्री नभएर उपाध्याय बाहुन हुन् । उनी राजपुरोहितका सन्तान हुन् । राजघरानाका पाण्डेहरु उनका मावली हुन् ।
पूर्वप्रधानमन्त्री विष्ट खासै ‘हाइप्रोफाइल’ वाला नेताजस्ता देखिँदैनथे । शनिबार निधन भएको खबर सुन्दा पनि कतिपय नयाँ पुस्ताका सर्वसाधारणले उनलाई ‘पूर्वप्रधानमन्त्री’का रुपमा खासै नाम नसुनेको जस्तो गरे । यद्यपि उनी लामो समयसम्म नेपालको राजनीतिमा छाएका पूर्वपञ्च थिए । उनलाई एकजना आदर्श राजनेताका रुपमा उनका समकालीनहरुले लिने गरेका छन् ।
पूर्व प्रधानमन्त्री विष्टको जन्म वि.सं. १९८३ साल पुसमा काठमाडौं ठमेलनजिकै वटू टोलमा भएको थियो । विद्यालयहरु नखुलेको समयमा जन्मेका विष्टले मावली घरमा अक्षर सिके । पछि उनले दरबार हाइस्कुलबाट तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।
त्रिचन्द्र क्याम्पसबाट बीए पास गरेका उनले भारतको लखनऊबाट राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरे ।
विष्टको राजनीतिक यात्रा भारतको लखनऊबाटै सुरु भएको थियो । सुरुमा उनी राष्ट्रिय कांग्रेसमा आवद्ध भए । सन् १९४९ मा लखनऊमा पढ्दै गर्दा विष्टको भेट डिल्लीरमण रेग्मीसँग भयो । रेग्मीले नै उनलाई राष्ट्रिय कांग्रेसमा प्रवेश गराए ।
राष्ट्रिय कांग्रेसमा लागेर विष्ट संगठनमा सक्रिय भए । विद्यार्थीकालमै उनले काठमाडौंको सानो गौचरनमा भाषण गरेका थिए । एमएको अध्ययन सकेर नेपाल फर्केपछि विष्ट अध्यापन र राजनीति दुबैमा सक्रिय भए ।
काठमाडौंमा विष्टले केही समय राजनीतिशास्त्र पढाए भने डिल्लीबजारमा खुलेको एडल्ट स्कुलमा पनि अध्यापन गरे ।
राजनीतिमा लाग्ने क्रममा विष्ट राष्ट्रिय कांग्रेसको महामन्त्रीका साथै कार्यवाहक अध्यक्षसम्म बने । यसैवीच ०१७ सालमा राजा महेन्द्रको कदमलाई उनले खुलेर समर्थन गरेपछि उनको राजनीतिक यात्रा पञ्चायती व्यवस्थातर्फ मोडियो ।
सिंहदरबारको फन्कोः दौडाहा टोलीदेखि प्रधानमन्त्रीसम्म
पञ्चायत स्थापनाको प्रारम्भमा विष्ट दौडाहा टोलीको अध्यक्ष बने । ०१८ सालमा उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गए । त्यहीबेला राजाले उनलाई ०१८ साल मंसिर २९ गते राष्ट्रिय निर्देशन मन्त्री बनाए । र, यहीँदेखि उनको सिंहदरबार यात्रा औपचारिकरुपमा सुरु भयो ।
राजा महेन्द्रले ०१९ साल असार १८ गते डा. तुल्सी गिरीलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाएर सरकार पुनर्गठन गरे । सो मन्त्रिमण्डलमा विष्ट शिक्षामन्त्री बने । सो मन्त्रिमण्डलमा सूर्यबहादुर थापा अर्थमन्त्री थिए ।
तत्कालीन राजा महेन्द्रले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका गर्‍यै गर्थे । मन्त्रिपरिषदको अध्यक्ष उनी आफैं थिए भने उपाध्यक्ष डा. तुल्सी गिरीलाई बनाएका थिए ।
राजाले ०१९ साल चैत्र २० गतेदेखि भने डा. तुल्सी गिरीलाई मन्त्रिपरिषदको अध्यक्षको जिम्मेवारी सुम्पिए । र, विष्टलाई शिक्षाका साथै निर्माण, सञ्चार र यातायात मन्त्रालयको समेत जिम्मेवारी दिए ।
यही क्रममा ०२० साल चैत्र २० गते कीर्तिनिधि विष्टको जिम्मेवारी फेरियो । उनलाई शिक्षामन्त्रीका साथै परराष्ट्र मन्त्री पनि बनाइयो । यो सरकारमा पनि डा. गिरी नै अध्यक्ष थिए भने अर्थमन्त्रीसमेत रहेका सूर्यबहादुर थापालाई उपाध्यक्ष बनाइएको थियो । विष्ट मन्त्रीहरुको ५ औं बरियतामा थिए ।
विसं ०२१ साल माघ १३ गते पुनर्गठन भएको नयाँ मन्त्रिमण्डलमा डा. तुल्सी गिरीलाई हटाएर सूर्यबहादुर थापालाई अध्यक्ष बनाइयो । र, पाँचौं बरियतामा रहेका विष्टले दोस्रो बरियतामा उक्लिएर परराष्ट्र, भूमिसुधार कृषि र खाद्य मन्त्रालयको जिम्मेवारी सम्हाले ।
विष्टले पाएका भूमिसुधार, कृषि र खाद्य मन्त्रालयको जिम्मेवारी ०२२ साल माघ ८ गतेदेखि खड्गबहादुर सिंहलाई दिइयो ।
यही क्रममा ०२३ साल साउन १६ गतेदेखि उपाध्यक्ष विष्टलाई फेरि परराष्ट्रसँगै शिक्षा मन्त्रालयको समेत जिम्मेवारी थमाइयो । त्यसअघि शिक्षा मन्त्रालय पुष्करनाथ उप्रेतीले चलाएका थिए ।
राजा महेन्द्रले ०२३ साल माघदेखि अध्यक्ष र उपाध्यक्षको साटो प्रधानमन्त्री र उपप्रधानमन्त्री बनाउन थाले । यही क्रममा ०२३ साल माघ १४ गते पुनर्गठित मन्त्रिपरिषदमा सूर्यबहादुर थापा प्रधानमन्त्री भए भने विष्ट उपप्रधानमन्त्री बनाइए । त्यसबेला बेदानन्द झा गृहमन्त्री बनेका थिए । ०२४ साल जेठ १५ गते पुनर्गठित मन्त्रिमण्डलमा पनि सूर्यबहादुर थापा नै प्रधानमन्त्री थिए भने विष्टलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र र आर्थिक योजनाको जिम्मेवारी दिइयो । सो मन्त्रिमण्डलमा राजेश्वर देवकोटाले भूमिसुधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
सूर्यबहादुर थापाकै हैसियतमा व्यक्तित्व बनाइसकेका विष्टलाई राजाले एकाएक ०२५ साल चैत्र २५ गते प्रधानमन्त्री बनाए ।
यसअघि सूर्यबहादुर थापाले सम्हालिरहेको प्रधानमन्त्री पदका साथै अर्थ, सामान्य प्रशासन र राजदरबारसम्बन्धी मन्त्रालय विष्टको भागमा पुग्यो ।
वीचमा पटक-पटक मन्त्रिपरिषद गठन पुनर्गठन भइरहे पनि ०३० साल साउन १ गते नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री नबन्दासम्म सरकारको नेतृत्व विष्टले नै गरिरहे ।
दुई वर्ष प्रधानमन्त्री चलाएपछि नगेन्द्रप्रसाद रिजाल फालिए । र, ०३२ साल मंसिर १५ गते डा. तुल्सी गिरी प्रधानमन्त्री बन्न आइपुगे ।
गिरी प्रधानमन्त्री बनेको दुई वर्षपछि राजा वीरेन्द्रले उनलाई फालेर फेरि ०३४ साल भदौ २७ गते पुनः कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाए ।
विष्ट त्यसपछि ०३६ साल जेठ १६ गते सूर्यबहादुर थापा प्रधानमन्त्री नबन्दासम्म सरकारको नेतृत्वमा रहे । थापाले ०४० साल असार २९ गतेसम्म प्रधानमन्त्री चलाए । त्यसपछि लोकेन्द्र बहादुर चन्दले ०४२ साल चैत्रसम्म सरकारको नेतृत्व गरे । त्यसपछि नगेन्द्रप्रसाद रिजाल अन्तरिम प्रधानमन्त्री बने भने मरिचमानसिंह श्रेष्ठ ०४३ साल असार २ गते आम निर्वाचनपछिको प्रधानमन्त्री बन्न आइपुगे । र, मरिचमानकै पालामा पञ्चायतविरुद्ध आन्दोलन भयो र उनी पदच्युत भए । लोकेन्द्रबहादुरले सरकार सम्हालेको पर्सिपल्ट ०४६ चैत्र २६ गते बहुदल आयो ।
बहुदल आएपछि पनि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द घुमाई फिराई प्रधानमन्त्री बने । तर, विष्ट भने ‘लो प्रोफाइल’ मा बसे । सूर्यबहादुरले बहुदलकालमा पनि चुनाव जिते । तर, विष्टलाई भने चुनाव कहिल्यै फापेन ।
यद्यपि तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भने विष्ट ०६१ साल माघ २० गते राजाको मन्त्रिमण्डलमा पुनः उपाध्यक्ष बन्न आइपुगे । ०६३ साल बैशाखमा जनआन्दोलन सफल नहुञ्जेल डा. तुल्सी गिरी र विष्ट दुबैजना ज्ञानेन्द्रको मन्त्रिमण्डलका उपाध्यक्ष थिए ।
राष्ट्रवादी एवं सादगी नेताको छवि
अध्ययनशील विष्ट राजनीतिमा शिक्षामन्त्रीका रुपमा प्रवेश गरे भने परराष्ट्रमन्त्रीका रुपमा उनले नेपालको राष्ट्रियता सम्वर्द्धनमा महत्वपूर्ण भूमिका खेले ।
चीनको सीमानामा नेपाली भूमिमा रहेका भारतीय चेकपोष्टहरु विष्टकै पालामा हटेका हुन् । र, यही कारणले उनलाई भारतविरोधी राष्ट्रवादी नेताका रुपमा हेर्ने गरिएको छ । भारतमै राजनीतिशास्त्र पढेका भएपनि विष्टले भारतीय राजनीतिक हस्तक्षेप कहिल्यै रूचाएनन् ।
नेपाली राजनीतिमा विष्टको योगदानबारे पक्कै पनि विश्लेषकहरुले समीक्षा गर्लान् । तर, समग्रमा हेर्दाखेरि उनको राजनीतिक विशेषता भनेकै चीनसँगको विशेष सम्बन्ध निर्माण गरेर भारतीय हस्तक्षेपबाट नेपाललाई जोगाउनु, भ्रष्टाचारमा नमुछिनु, पदको लोभ नगरी राजनीतिमा नैतिकता एवं त्यागको भावना प्रदर्शन गर्नु, जीवन पर्यन्तसम्म सरल जीवनशैली अपनाउनु अनि निरन्तर राजतन्त्रको सेवक बन्नु इत्यादि हुन् ।
र, अर्को पनि के स्मरणीय हुन सक्छ भने विष्टले ०१७ सालदेखि निरन्तर राजतन्त्रको सेवा गरे पनि उनी क्रुर शासक होइनन् । ०३६ सालमा विद्यार्थी आन्दोलन चर्कनासाथ उनले शिक्षा मन्त्रीबाट राजीनामा दिए भने जनआन्दोलनको मुखमा प्रधानमन्त्री पदसमेत छाडेर विवादबाट टाढै बसे ।
विष्टको स्वभाव नै नरम र मध्यमार्गी प्रकारको थियो । उनले रुखो बोली बोलेर कसैलाई नचिढ्याएको समकालीनहरु बताउँछन् । भलै उनी गणतन्त्रवादी थिएनन् ।
सधैं दरबारको आशिर्वाद, चुनाव कहिल्यै फापेन
दुई दशकभन्दा बढी समय सिंहदरबारको कुर्सीमा बस्न सफल विष्टको जीवनमा चुनाव भने कहिल्यै फापेन ।
पञ्चायतको अन्त्य भएर ०४६ सालमा बहुदल आइसकेपछि विष्टले राष्ट्रिय जनता परिषदका नामबाट निर्वाचनमा भाग लिए । ०५१ साल काठमाडौं ३ बाट प्रतिनिधसभाको चुनाव लडेका पूर्वप्रधानमन्त्री विष्टले ११८० मत पाएका थिए । उनको पार्टीले देशभरिबाट २८ जना उम्मेदवार उठाएको थियो र देशभरिबाट ८९३१ मत प्राप्त भएको थियो ।
पूर्वप्रधानमन्त्री विष्ट ०५६ सालमा पनि काठमाडौं ३ बाटै चुनाव लडे । सो चुनावमा उनले ३६५ मत मात्र प्राप्त गरे । देशभरि ३९ स्थानमा उम्मेदवार उठाउँदा उनको पार्टीलाई जम्मा ३७९९ भोट आयो ।
०१८ सालदेखि ०३६ सालसम्म जतिबेलासम्म विष्ट मन्त्री र प्रधानमन्त्री बने, त्यसबेला देशमा कुनै आम चुनाव नै भएन । उनी सधैं राजाबाट मनोनित भएर सिंहदरबारमा पुगे । ०३६ सालपछि उनी ज्ञानेन्द्रकालको अपवादलाई छाडेर राजनीतिको अग्रभागमा खासै देखिएनन् ।
आखिर, जीवनको लामो कालखण्डसम्म सत्ता र शक्तिमा बसेको व्यक्ति जीवनको उत्तरार्धमा पदको लालसा नगरी सामान्य जीवन बिताएर सुटुक्कै महाप्रस्थान गर्न सक्दोरहेछ । यो सकारात्मक सन्देश पूर्वप्रधानमन्त्री विष्टको सबैभन्दा ठूलो मनोवैज्ञानिक योगदान हो हामी नेपालीका लागि ।
यसअर्थमा विष्ट पूर्वप्रधानमन्त्री भन्दा अलि उच्च तहका राजनीतिज्ञ हुन् भन्दा अन्यथा नहोला ।
अलविदा कीर्तिनिधि विष्टलाई !
स्रोतः https://www.onlinekhabar.com

यस्तो छ कास्कीका उम्मेदवारको मतदाता फकाउने काइदा

पोखरा-९ नयाँ बजारमा घरदैलोमा निस्किएका कास्की क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार देवराज चालिसेले मतदातासँग भने, ‘पटकपटक अरुलाई जिताउनुभयो तर, केही पाउनुभएन । यसपटक मलाई जिताउनुस्, म गर्व गर्न लायक काम गर्नेछु ।’
दलबलसहित मतदाताको घर आँगनमा पुगेर भोट माग्दै चालिसे मतदातासँग साँच्चिकै पोखराको एकीकृत विकासका लागि आˆनो उम्मेदवारी रहेको बताए ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता रवीन्द्र अधिकारी भने पोखरा-७ मासबारमा मतदातालाई नमस्कार गर्दै, मुसुक्क हाँसेर अंगालो मार्दै भोट मागिरहेका थिए ।
‘२ पटक मलाई जिताएर पठाउनुभयो । यो बीचले म सँधै तपाईंहरुसँगै रहन पाएँ । म अझै तपाईंहरुकै दुःखसुखमा सँगै हुन चाहन्छु । फेरि मलाई नै जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’
विकास समितिको सभापति रहेका रहेका अधिकारी मतदातालाई भन्दै थिए, ‘तपाईहरुले जिताएर म विकासको सम्वाहक हुन पाएँ । पोखराको मात्रै होइन, देशकै विकास गर्न मलाई जिताउनुहुनेछ भन्ने कुरामा म ढुक्क छु ।’
२१ मंसिरमा दोस्रो चरणमा निर्वाचन हुने कास्कीमा सबै दलले चुनावी अभियान तीव्रमात्रै पारेका छैनन्, मतदातालाई फकाउने सबै अस्त्र प्रयोग गरिरहेका छन् । उम्मेदवारहरुको आआˆनो जितको दाबा त छँदैछ, एकअर्कालाई होच्चाएर, गाली गलौज गर्नसमेत पछिपरिरहेका छैनन् ।
पहिलो पटक टिकट पाएका कांग्रेस नेता देवराज चालिसे भन्छन्, ‘कसैले पनि दुई पटकभन्दा बढी उठ्न पाउनुहुँदैन । काम गर्नेले दुई पटकमा धेरै कुरा गर्न सक्छ । क्षमतावान व्यक्तिले अवसर पाउनुपर्छ । त्यसैले म आˆनो क्षमता, पहिलो पटकको ऊर्जाको यहाँको विकास र समृद्धिमा लगाउनु चाहन्छु ।’
त्यसको प्रतिवादमा अधिकारीको भन्छन्, ‘मलाई भोट देउ भन्दैमा, कराउँदैमा केही हुँदैन । भोट पाउनु मतदाताको मन जित्नुपर्छ । दुई पटकभन्दा बढी उठ्न नपाउने कुरा मतिर होइन्, उहाँले आफ्नै पार्टीको नेता रामचन्द पौडेललाई किन भन्नुहुन्न ? शेरबहादुरजीलाई किन भन्नुहुन्न ?’

कास्कीमा अधिकारी र चालिसेको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । दुई पटकसम्म संविधानसभाको निर्वाचन जितेका अधिकारी यसपाली हृयाट्रिक गर्ने दाउमा छन् भने चालिसे इन्टी मार्न ।
‘राजनीतिमा प्रतिस्पर्धा हुन्छ तर, दुश्मनी हुँदैन,’ उनले भने, ‘त्यसै कारण कसैले कसैलाई गालीबेइज्जत गर्न जरुरी छैन ।’
‘देशमा कांग्रेसले धेरैपटक बहुमतको सरकार बनायो, स्थिरता दिन सकेन,’ अधिकारीले भने, ‘अहिले जनता र कांग्रेसका असल कार्यकर्ताले एकपटक वाम गठबन्धनले बहुमतको सरकार बनाओस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।’
कांग्रेस उम्मेदवार चालिसे प्रतिस्पर्धा र दुश्मनीभन्दा पनि एकपटक सबैले आवसर पाउनुपर्ने बताउँछन् । ‘जनता कुनै पार्टीको पेवा होइनन् । एउटै स्वाद होइन, विकासको फरक स्वाद जनताले चाहेका छन्,’ उनले भने, ‘हाम्रा एजेन्डा सबै जनता समक्ष पुर्‍याउनुछ । चुनाव हामी जित्छौं ।’
चालिसे र अधिकारी दुवै विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिबाट स्ववियु सभापति हुँदै मूलधारको राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् ।
रुपान्तरणका लागि कम्युनिष्ट सरकारः खगराज अधिकारी
वाम गठबन्धनका तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगराज अधिकारी सामाजिक र आर्थिक रुपान्तरणका लागि नेपालमा कम्युनिष्ट सरकारको विकल्प नरहेको बताउँछन् ।
एमाले सल्लाहकार परिषद्का उपाध्यक्ष समेत रहेका अधिकारीले युवा स्वरोजगार, सामाजिक सुरक्षा भत्ता, आˆनो गाउ आँफै बनाउ अभियान र उज्यालो नेपाल जस्ता कार्यक्रम लागु गर्न नेपालमा
कम्युनिस्ट सरकारको विकल्प नरहेको बताए । उनले तालहरुको संरक्षण र व्यवस्थित बस्ती विकास र बेरोजागरीको अन्त्य यस क्षेत्रको पहिलो आवश्यकता भएको बताए ।
राम्रा योजना कार्यान्वयनका लागि पैसाको अभाव नहुने भन्दै अधिकारीले यस क्षेत्रमा लगानीकर्ताको सम्मेलन गरेर ठूलाठूला लगानी गर्न सकिने विश्वास व्यक्त गरे । उनलेे वाम गठवन्धन कसैप्रति लक्षित नभएर नेपालको गरिबी, अशिक्षा र बेरोजगारीको विरुद्ध भएको बताए ।
सम्पूर्ण समस्याको समाधान गर्न कांग्रेसलाई भोटः यज्ञबहादुर
कास्की क्षेत्र नम्बर १ मा कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका यज्ञबहादुर थापाले जनताको समस्या आफ्नो समस्या भएको बताएका छन् ।
लामो राजनीतिक यात्राको क्रममा जनताको हरेक समस्यालाई आफूले प्रत्यक्ष रुपमा भोगेको उल्लेख गर्दै उनले भने, ‘यहाँ जनताको समस्यालाई बुझ्ने भनेकै कांग्रेसले मात्र हो । कम्युनिस्टहरु त आफ्नो अभिष्ट पुरा गर्नका लागि मात्रै लागिरहेको अहिलेको यथार्थ छ ।’
उपलब्धी जोगाउन कांग्रेसलाई मतः शर्मा
कास्की क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार शुक्रराज शर्माले लामो समयसम्मको उतारचढाव पश्चात राष्ट्रले प्राप्त गरेको उपलब्धिको रक्षाका लागि कांग्रेसलाई मत दिनुको बिकल्प नरहेको बताए ।
मतदाताहरुसँग आग्रह गर्दै नेता शर्माले बिगतमा कांग्रेसले नेतृत्व गरेका बिभिन्न आन्दोलनले सफलता हाँसिल गरेको स्मरण गराउँदै यसपालीको चुनावमा पनि नेपाली कांग्रेसलाई मत दिनका लागि अपिल गरे । उनले अहिलेको चुनाव कांग्रेसका लागि लोकतन्त्रको रक्षाको आन्दोलननै भएकोले पनि यस आन्दोलनमा सहभागी भई कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।
उनले यसपालि कांग्रेसले जित्नैपर्ने वाध्यात्मक परिस्थिति आएको भन्दै कांग्रेसले नजिते देश अफ्ठेरो परिस्थितिमा पर्ने बताए ।
जनताका समस्या सूचीकृत गरेका छौंः जगत
वाम गठबन्धनका उम्मेदवार जगत विश्वकर्माले जनताको घरदैलोमा पुगेर भोट मात्र नमागी आफूहरुले जनताका विकास निर्माण लगायतका साना ठूला समस्याहरुलाई पनि सूचीकृत गरेको बताउँछन् ।
‘जनताको घरदैलोमा हामी भोट माग्नमात्रै गएका छैनौं, जनाका समस्या सूचिकृत पनि गरेका छौं,’ विक भन्छन्, ‘जनताको असली समस्या सधान गर्न, विकास र समृछिका लागि गम गठबन्धनलाई मतदाताले जिताउनुहुने छ । ‘
विकले आफूले जनताले अवगत गराएका सबै समस्याहरुलाई सूचीकृत गरेको र संघ तथा प्रदेश सरकार बनेपछि समाधान गर्न प्रतिबद्ध रहेको भनाइ राखे । ‘चुनावमा भोट माग्ने अधिकार सबै राजनीतिक दलहरुलाई छ । सबै जनतासँग भोट माग्न जान्छन् । तर हामीले भोट मात्र मागेका छैनौं । जनताका समस्याहरुलाई पनि टिपोट गरेका छौं,’ विकले भने’ जनताका समस्याहरुलाई छिटो भन्दा छिटो समाधान गछौं ।’
प्रतिनिधि सभाका उम्मेदवारसँगै प्रदेश सभाका उम्मेदवार पनि मतदाताको घरदैलोमा पुगेर कसरी भोट आˆनो पक्षमा पार्न सकिन्छ भनेर लागिरहेका छन् । क्षेत्रगत हिसाबमा प्रतिनिधि सभाका उम्मेदवार र दुई प्रदेश सभाका उम्मेदवार सँगै भोग माग्न जनताको घर दैलोमा पुगेका छन् ।

स्रोतः https://www.onlinekhabar.com

यी हुन् मर्निङ वाक गर्नेले याद गर्नु पर्ने १२ कुराहरु

बिहान उठेर हिँड्नु स्वस्थ जीवनको एउटा सूत्र हो। शारीरिक रुपमा तन्दुरुस्त मानिसले पनि नियमित मर्निङ वाक गर्नु स्वस्थ र दीर्घ जीवनका लागि फाइदाजनक कुरा हो। रक्तचाप, मधुमेह, मुटुरोग, फ्याट्टी लिभर जस्ता रोग भएका बिरामीलाई त डाक्टरले नै नियमित मर्निङ वाक गर्न सुझाउँछन्। कडा शारीरिक व्यायाम गर्न नसक्नेहरुका लागि मर्निङ वाकले नै व्यायामको काम गर्छ। मर्निक वाकबाट मोटोपन घट्ने, तनाव कम हुने, दिनभरि काम गर्ने ऊर्जा मिल्ने, शरीर चुस्त र दुरुस्त रहने जस्ता फाइदा लिन सकिन्छ।
मर्निङ वाकमा जाँदा निम्न कुरामा ध्यान दिऊः

  1.  सबेरै उठ्ने : बिहानको साढे ४ देखि ८ बजेभित्र मर्निङ वाक गरिसक्दा राम्रो मानिन्छ। सुरुसुरुमा बिहान सबेरै उठ्नका लागि अलार्म वा मोबाइलको प्रयोग गर्न सकिन्छ। कम्तिमा आधा घन्टा हिँड्नुपर्छ। सुरुका दिनमा लागातार ३० मिनेट हिँड्न सकिएन भने एकैछिन बिसाएर फेरि हिँड्न सुरु गर्दा पनि हुन्छ। सुरुमा बिहान सबेरै उठ्न गाह्रो भए पनि बिस्तारै बानी परेपछि सहज हुँदै जान्छ।
  2. हिँड्ने तरिका: मर्निङ वाक भन्दैमा बिहान उठेर सिधै दौडने वा सरासर हिँड्ने होइन। सुरुमा बिस्तारै पाइला अगाडि बढाउने हात पनि बिस्तारै अगाडि पछाडि लैजाने। त्यसपछि छिटो-छिटो हिँड्ने र हात पनि छिटोछिटो चलाउने। हिँड्दा निउरेर, कुप्रो परेर होइन छाति फुलाएर ढाड सिधा पारेर हिँड्नु पर्छ। देब्रे खुट्टा अगाडि हुँदा दाहिने हात पछाडि, दाहिने खुट्टा अगाडि हुँदा देब्रे हात पछाडि हुनुपर्छ। हिँडाइको गति छिटोछिटो हुन थालेपछि बिस्तारै दौडिन सुरु गर्दा हुन्छ। कहिल्यै पनि सुरुमै छिटो हिँड्ने वा डौडिने गर्नु हुँदैन।
  3. कपडाको छनौट: मर्निङ वाक जाँदा मौसम अनुसार सजिलो, हलुका तर लामा बाउला भएको कपडा लगाउनु उपयुक्त हुन्छ। प्रायः मर्निङ वाक खोलाको किनार, एकान्त ठाउँ, घाँसे मैदान जस्ता ठाउँमा गरिन्छ। जहाँ किरा, फट्यांग्रा, जुका, लामखुट्टे, सर्प आदिले टोक्ने वा चिल्ने खतरा हुन सक्छ। त्यसैले, लामो बाउला भएको कपडा लगाउनुपर्छ। ‘ग्रिप’ भएको नचिप्लिने जुत्ता अनिवार्य मानिन्छ। छोटा लुगा लगाएर हिँड्नु सुरक्षाको दृष्टिले राम्रो होइन।
  4. गीतसंगीत: मर्निङ वाकमा गीत-संगीतले पनि महत्वपूर्ण भूमिका खेल्छ। सकेसम्म आध्यात्मिक गीत र ‘इन्स्ट्रुमेन्टल’ धुन सुन्नु राम्रो हो। यस्तो संगीतले मर्निङ वाक गर्दा ध्यान एकाग्र हुनुका साथै हिँड्नमा ऊर्जा थपिन्छ।
  5. इयरफोन कानमा नराख्ने: मर्निङ वाक गर्दा हेड सेट वा इयर फोन कानमा हाल्नु हुँदैन। सधैँ इयर फोन राखेर हिँड्दा कानमा असार पुग्न सक्छ। मोबाइलको स्पिकर लाउड मोडमा राखेर गीत-संगीत सुन्नु राम्रो हो। बरु प्राकृतिक संगीत जस्तै, चराको चिरबिर, खोलाको कलकल आवाज सुन्दै हिँड्नु उपयुक्त हुन्छ।
  6. गफ गरेर नहिँड्ने: मर्निङ वाक गर्दा साथीसँग जिस्केर, गफ्फिएर हिँड्नु राम्रो होइन। साथी सँगै भए पनि गफ नगरी आफ्नै धुनमा हिँड्नु राम्रो हो। गफको तालमा गरिने मर्निङ वाकको उद्देश्य पूरा हुँदैन। वास्तवमा मर्निङ वाक भनेको गफ गर्ने समय नै होइन।
  7. एकान्तमा नहिँड्ने: मर्निङ वाकमा जाँदा मान्छेहरु नहुने एकान्त ठाउँमा हिँड्नु हुँदैन। रक्तचाप बढ्ने, मुटु दुखेर थला पर्ने जस्ता आकस्मिक दुर्घटना भयो भने तुरुन्त उद्धार हुन सक्ने ठाउँमा हिँड्नुपर्छ। मुटुरोग, मधुमेह, रक्तचाप जस्ता रोगका बिरामीले त एक्लै एकान्त ठाउँमा हिँड्नै हुँदैन।
  8. समाचार नसुन्ने: मर्निङ वाक गर्दा धेरैले रेडियोमा समाचार सुन्दै हिँडेको पाइन्छ। तर, मर्निङ वाकमा यसलाई राम्रो मानिँदैन। समाचारमा लडाइँ, आतंक, तनाव जस्ता नकारात्मक कुरा प्रमुख विषय बनेका हुन्छन्। मर्निङ वाकमा नकारात्मक कुराहरु कानमा पर्दा तपाईंको दिन कसरी सकारात्मक होलारु त्यस्ता समाचारले मनको एकाग्रता भंग गरिदिन्छन्। बरु मर्निङ वाकबाट फर्केपछि पत्रपत्रिका पढ्ने वा समाचारका लागि रेडियो-टिभी सुन्ने हेर्ने गर्नु उपयुक्त हुन्छ। किनकि बिहानको हिँडाइमा अनेक कुरा सुनेर मन विचलित बनाउनु हुँदैन।
  9. धूमपान-मद्यपान नगर्ने- मर्निङ वाकमा कहिले पनि धूमपान गर्नु हुँदैन। यसै पनि धूमपानले आफूलाई मात्रै होइन अरुलाई समेत हानी पुग्छ। मद्यपानले शरीर र मनलाई एकाग्र बन्न दिँदैन। वरिपरि हिँड्नेले पनि धूमपान गरेको देख्दा वा मद्यपान गरेको थाहा पाउँदा नराम्रो दृष्टिले हेर्छन्।
  10. कुकुरलाई साथै लिई नहिँडौं- मर्निङ वाकमा जाँदा कुकुर पनि सँगै लिएर हिँड्नेहरु धेरै भेटिन्छन्। एक त कुकुरसँगै हिँड्नुपरेपछि मर्निङ वाकको आनन्द लिने कि कुकुरको गोठालो लाग्नेरु त्यसमाथि कुकुरलाई मान्छे हिँड्ने बाटोमा दिसा गराइरहेकाहरु पनि धेरै हुन्छ। कुकुरलाई दिसा(पिसाब गराई बाटो फोहोर पार्न मर्निङ वाक जाने हो कि आफ्नो स्वास्थ्यका लागि हिँड्न जाने होरु त्यो विचार पुर्‍याउनुपर्छ।
  11. खानपानमा ध्यान- मर्निङ वाक सुरु गरेपछि खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ। सागपात र पोषिलो खानेकुरामा बढी जोड दिनुपर्छ। फ्रेस जुस पिउँदा हुन्छ। राति अबेरसम्म नबसी ठीक समयमा सुत्नुपर्छ। खानामा सबै प्रकारको खनिज तत्व पाइने खालका खानेकुरा छान्नुपर्छ। हिँडेर फर्केपछि दुई गिलास पानी पिउनु राम्रो हुन्छ।
  12. नुहाउने तरिका- मर्निङ वाक गरिसकेपछि नुहाउनु अनिवार्य मानिन्छ। पसिनाको गन्धलाई हाटाउन र शरीरमा स्फूर्ति ल्याउन पनि नुहाउनु जरुरी छ। मर्निङ वाकबाट फर्किनासाथ सीधै ‘सावर’ लिनु हुँदैन। केहीबेर बसेर पसिना ओभाइसकेपछि मात्र नुहाउनुपर्छ। तपतप पसिना चुहिएको अवस्थामा नुहाउँदा शरीरमा हानि पुग्न सक्छ।

यसरी सम्भव भयो केपी ओली र प्रचण्डको मिलन

२४ असोज ०७२ मा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने रोस्ट्रममा उभिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘राजनीति सम्भावनाहरुको खेल हो र राजनीतिमा असम्भव केही हुँदैन ।’
१९ साउन ०७३ मा त्यही रोस्ट्रममा उभिएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव राखेका प्रचण्ड भन्दै थिए, ‘राजनीतिमा केही पनि असम्भव हुँदैन भन्ने चरितार्थ गर्दै म आफैं केपी ओलीप्रति अविश्वासको प्रस्ताव टेबल गराउँदैछु ।’
१७ असोजमा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिको घोषणा गर्दै प्रचण्डले फेरि सावित गर्दैछन्, ‘नेपाली राजनीतिमा असम्भव केही हुँदैन ।’
ओली सरकार ढालेर कांग्रेससँग गठबन्धन गरेको झण्डै १४ महिनापछि फेरि एमाले र माओवादी केन्द्र अझ खासगरी ओली र प्रचण्ड एकठाउँमा उभिएका छन् । यो मिलन कतिदिन टिक्छ, त्यो भविश्यले बताउला तर प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आउन ५४ दिन मात्र बाँकी रहँदा एमाले र माओवादीको यो सहमतिले नेपाली राजनीतिमा नयाँ तरंग भने जरुर ल्याएको छ ।
सत्ता साझेदार कांग्रेस एक प्रकारले स्तब्ध देखिएको छ । चुनावपछि पनि माओवादीसँग गठबन्धन गरेर सरकार चलाउने सपना देख्न थालेका देउवाले आफ्नै सहयात्री अर्कैसँग चुनावी तालेमल हुँदै एकताको सहमतिमा पुगेको पत्तै पाएनन् ।
कसरी सम्भव भयो यो मिलन ?
सत्ता सहयात्रा टुटेपछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड दुई ध्रुवमा उभिए । दुई नेताबीच संसददेखि सडकसम्म जुहारी चल्यो । यो देख्दा लाग्थ्यो, कम्तिमा यो चुनावसम्म्म एमाले र माओवादीको मिलन सम्भव छैन ।
तर, सबै जना दशैंको रमझममा रहेका बेला ‘सरप्राइज’ दिने शैलीमा दुई दलले समझदारी गरेका छन् ।
नेताहरुका अनुसार यो हिजोको आज भएको होइन । यसका लागि लगातार संवादहरु चलिरहेका थिए ।
प्रचण्डले एमाले छाडेर कांग्रेसतिर लागेपछि माधवकुमार नेपाल समूहले लगातार ओलीमाथि प्रश्न उठाउँदै आएको थियो । ओलीले सत्ता हस्तान्तरणको भद्र सहमति तोडेकै कारण प्रचण्ड शेरबहादुर देउवातिर गएको उनीहरुको बुझाइ थियो । ओली समूहकै बामदेव गौतम पनि माओवादीसँग सहयात्रा गर्ने पक्षमै थिए ।
माओवादीमा पनि नारायणकाजी श्रेष्ठसहितका नेताहरु एमालेसँग सहकार्य गर्नुपर्ने लाइनमा थिए । उनले माइतीघर मण्डलास्थित एक निजी घरमा पटक-पटक एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई भेटाएर घण्टौं वार्ता गराएका पनि हुन् । तर, सहमतिमा पुग्नुको साटो तिक्ततामै टुंगिने गरेको थियो ।
तर, पहिलो र दोस्रो चरणको स्थानीय चुनावको परिणामले वामपन्थी ध्रुवीकरणलाई बल पुर्‍यायो । बहुमतको सरकार बनाउने, त्यो हुन नसके पनि पहिलो बन्ने आफ्नो दाबीमा एमाले नेतृत्व स्वयं शंकामा पर्न थाल्यो । र, यदि माओवादीले कांग्रेससँग तालेमल गर्‍यो भने अवस्था खराब हुने विश्लेषण एमालेवृत्तमा हुनथाल्यो ।
एमालेका दोस्रो तहका नेताहरुले माओवादीसामू ६०/४० को भागबण्डामा चुनावी तालमेल गर्ने प्रस्ताव राख्दै आएका थिए, जसलाई दुवै पार्टीका नेतृत्वले पनि स्वीकार गरे ।
माओवादीका लागि यो आकर्षक प्रस्ताव थियो । प्रदेश २ को चुनावका क्रममा कांग्रेसले देखाएको व्यवहारबाट प्रचण्डलाई पनि एमालेसँग नजिक पुग्न सहज बन्यो । कांग्रेसका एक नेता भन्छन्, ‘प्रदेश २ मा चुनावी तालमेल गरौं भन्दा देउवाले जसरी इग्नोर गरे, त्यसले ओलीले लगाएको चोटलाई बिर्सायो ।’
यद्यपि, प्रचण्ड र ओलीबीच अझै पूर्ण विश्वासको वातावरण बनिसकेको थिएन । कतिसम्म भने करिव १० दिनअघि एमाले र माओवादीबीच चुनावी तालमेलको भद्र समझदारी भएको थियो, जुन झण्डै भत्किसकेको थियो ।
एमाले अध्यक्ष ओलीले चुनावी तालमेल तथा पार्टी एकतापछि सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने बचन दिएनन् । त्यसबाट निरास बनेका प्रचण्ड नवमीको दिन कांग्रेस सभापति देउवालाई भेट्न पुगेका थिए ।
तर, देउवाले प्रचण्डको इशारा बुझेनन् वा बुझ्न चाहेनन् । उनले प्रचण्डलाई चितवन ३ मा जिताउनेबाहेक चुनावी तालमेलको कुनै ठोस प्रस्ताव दिएनन् ।

एमाले नेताहरुले त्यसको सुइँको पाए । र, प्रचण्डलाई पार्टी वा सरकारमध्ये एकको नेतृत्व सुम्पिने बचन दिन लगाए । यसले कम्तिमा चुनावी तालेमललाई सम्भव बनाएको छ ।

के छ अरुण तेस्रो सम्झौतामा ?

अन्ततः लगानी बोर्ड र भारतीय सरकारको स्वामित्वको सतलज जलविद्युत कम्पनीबीच अरुण तेस्रो जलविद्युत निर्माणका लागि आयोजना विकास सम्झौता (पीडीए) भएको छ ।
संखुवासभा जिल्लामा पर्ने अरुण तेस्रो जल विद्युत आयोजनाको कुल अनुमानित लागत एक खर्ब चार अर्ब रुपैंयाँ रहेको छ । अरुण तेस्रोको पीडीए हुनुअघि ९ सय मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत निर्माणका लागि लगानी बोर्ड र भारतीय कम्पनी जीएमआरबीच पीडीएमा हस्ताक्षर भइसकेको छ ।
के छ अरुण तेस्रोको सम्झौतामा ?
एक खर्ब ४ अर्ब रुपैंयाँ कुल अनुमानित लागत रहेको अरुण तेस्रो आयोजना भारतीय लगानीको सतलज विद्युत निगमलाई दिइएको छ ।
 कम्पनीले ब्यवसायिक उत्पादन सुरु भएपछि १० वर्ष सम्म शतप्रतिशत नै आयकर छुट पाउनेछ । त्यसपछिको थप पाँच वर्ष नेपाल सरकारले ५० प्रतिशत आयकर छुट दिनुपर्ने छ ।
आयोजनाका लागि आयात गरिने सिमेन्ट, रड तथा स्टिलजन्य सामग्री खरिद गर्दा भन्सारमा ५० प्रतिशत छुट दिइने ब्यवस्था पीडीएमा छ ।
त्यस्तै सरकारले दिनुपर्ने स्वीकृति समयमा नदिएमा वा ऐन कानून परिवर्तन भए अथवा आन्दोलन, अवरोध, संकटकाल लागू भई २१ दिनभन्दा बढी लगातार हडताल गरिएमा सरकारले कम्पनीलाई क्षतिपूर्ति दिनुपर्ने प्रावधान पीडीएमा राखिएको छ ।
यस्तै, परियोजना सम्पन्न भएपछि नेपालले पाउने निःशुल्क ऊर्जाबाहेक अरुण तेस्रो र माथिल्ला कर्णालीको विद्युत भारतमा निर्यात हुनेछ ।
पाँच वर्ष निर्माण अवधि रहेको आयोजना आगामी दुई वर्षभित्र भारतीय निर्माण कम्पनी सतलजले आयोजनाको वित्तीय व्यवस्थापन गरिसक्नु पर्नेछ भने वित्तीय व्यवस्थापनमा ढिलाइ भए एक वर्ष थप हुन सक्ने व्यवस्थासमेत पीडीएमा छ ।
आयोजना निर्माणका क्रममा कुनै परिस्थिति बदलिएमा भने निर्माण अवधि चार वर्ष ६ महिनासम्म थप्न सकिनेछ । त्यस्तै व्यापारिक उत्पादन मिति घटीमा सात वर्षदेखि बढी साढे १२ बर्ष लाग्ने प्रावधान राखिएको छ ।
आयोजनाबाट २५ वर्षमा नेपाललाई ३ अर्ब ४८ अर्ब रुपैयाँ प्राप्त हुनेछ । त्यस्तै एक अर्ब १६ अर्ब रुपैयाँ रोयल्टी, एक खर्ब ६६ अर्बको निःशुल्क विद्युत तथा ८० अर्ब आयकर नेपालले पाउने बताइएको छ ।
संसदको तेस्रो ठूलो दल एकीकृत माओवादी, संविधानसभाको निर्वाचन नै बहिस्कार गरेको नेकपा-माओवादी तथा विभिन्न जलस्रोतविज्ञहरुले पनि माथिल्लो कर्णाली र अरुण तेस्रोको पीडीएको विरोध गरेका कारण तोकिएकै समयमा परियोजना सफल हुनेमा आशंका कायमै छ ।
भारतसँग गरिएको महाकाली सन्धीको डीपीआर १५ वर्षसम्म हुन नसकेको तीतो इतिहास हाम्रा सामु छँदैछ ।
पश्चिमाबाट झिकेर भारतलाई
यसअघि अरुण तेस्रो जलविद्युत परियोजनामा विश्व बैंकले लगानी गर्ने सम्झौता भएको थियो । तर, नेकपा एमालेले विरोध जनाएपछि विश्व बैंकले अरुण तेस्रोबाट हात झिकेको थियो ।
पछिल्लो समयमा माथिल्लो कर्णाली र अरुण तेस्रोको पीडीए गर्न नहुने भन्दै वैद्य माओवादीसहितका विपक्षी दलहरुले विरोध गरेका थिए । यसअघि नै हुने भनिएको अरुण तेस्रोको पीडीए विभिन्न अवरोधकै कारण हुन सकेको थिएन । विरोध आएका कारण सार्क शिखर सम्मेलनको मौका पारेर अरुण तेस्रोको पीडीए भएको हो ।
माथिल्लो कर्णाली तथा अरुण तेस्रो जलविद्युत आयोजनाको पीडीएमा प्रमुख विपक्षी दल एकीकृत माओवादी तथा एमाओवादीबाटै दुई वर्षअघि छुट्टएिको नेकपा-माओवादीले विरोध जनाएको थियो ।
माथिल्लो कर्णालीको पीडीएमा नीतिगत भ्रष्टाचार भएको भन्दै एमाओवादी सभासद् जनार्दन शर्मा दुई महिनाअघि संसदको बैठकमा पड्किएका थिए ।
पीडीए सम्झौता गर्दा सन् २००८ मा भएको सझौताविपरीत सरकारले पेश गरेको बजेट भाषणले प्रस्ताव गरेको आयकर छुट दिने कुरा लागू गर्नु कानुनविपरीत भएको शर्माको भनाइ थियो ।
विपक्षीहरुको विरोधका बाबजुद प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा अरुण तेस्रो जलविद्युत निर्माण लागि मंगलवार पीडीएमा हस्ताक्षर गरिएको छ ।

आमाबुवाकै कारण यस्तो समस्यले ग्रसित हुँदैछन् बालबालिका

तपाईंले ख्याल गर्नुभएकै होला, अहिलेका बच्चाको मुड ठिक छैन । क्षणमै रिसाउँछन् । क्षणमै खुसी हुन्छन् । अर्थात उनीहरुको मानसिकता स्थितर छैन ।...