9 HEALTH BENEFITS OF A STEAM ROOM

Finding time to relax these days is not easy for a lot of people. So many of us are working harder and spending more time at work, as we try to make ends meet in a not-so-great economic environment. That’s why it is smart to make the most of the time you actually do have to relax. One way is by spending some time in a steam room. Whether you visit one at the local health spa or you are lucky enough to be able to afford to install your very own, a steam room will provide benefits that go beyond  just a room to relax in.

#1 SKIN HEALTH

Steam is a proven treatment for a variety of skin conditions, and since a steam room will expose nearly your entire body to that therapeutic steam, it will help you maintain healthy skin from head to toe.

#2 DETOX

Our bodies have a number of ways of ridding us of toxins that build up from day-to-day life. Sweating is one way toxins are eliminated, and there aren’t too many better ways to bring on a good sweat than spending time in a steam room.


#3 HEART HEALTH

Believe it or not, sitting in a steam room has a similar effect on the body as does mild exercise. Your heart and respiration rate increase, and provide a sort of mini workout for your heart. A steam room may be a great option for cardiac patients who are not able to engage in strenuous exercise.

#4 EASE FATIGUE


Day after day of hectic schedules, deadlines and family commitments can lead to chronic fatigue. Spending time in a steam room on a regular basis can help relieve fatigue and can make it easier to banish mental fog and the physical exhaustion that usually accompanies it.

#5 BETTER SLEEP


The continuous soothing heat one is exposed to in a steam room will help to relax tense muscles, making it easier to relax and get ready for a good night’s sleep. Some research suggests that going from the high temperature of the steam room to more normal room temperatures help prepare the body for sleep.

#6 SORE MUSCLES

Overdoing it on the job or even in the garden can result in sore, overworked muscles. The heat from a steam room can help to relax muscles and relieve pain as a result. High heat also prompts the body to release those “feel good” endorphins, which can act as the body’s natural pain relievers.

#7 WEIGHT LOSS


Many of us may have seen well-worn comedy routines or cartoons that show a person melting away to a fraction of their previous size after spending time in a sauna or steam room. The good news is that a steam room can actually help you to lose weight. As the heat from the steam room causes your metabolism to speed up and make you sweat, you burn more calories.

#8 STAY HEALTHY


Time spent in a steam room can help you avoid illness in at least two ways. As a response to the heat, the body ramps up the immune system, which kills off bacteria and viruses that can invade the body and make you sick. The heating of the body can also help fight illness much the same way a fever does.

#9 ARTHRITIS


It’s long been known that applying heat to painful joints that are caused by arthritis can provide relief. A steam room is able to provide soothing heat evenly over the entire body, and help reduce the pain and inflammation that is often brought on by arthritis.

Are apple seeds poisonous? What happens if you eat them?

Apples are one of the world's most popular fruits.
They contain small, black seeds that are usually avoided because of their bitter taste, but people may occasionally eat them by accident or not bother to spit them out.
Many people believe apple seeds are poisonous, while others may consider them a healthy snack.
What's the truth? This article reviews the scientific evidence.

Crushed or chewed apple seeds release cyanide


Apple seeds contain a plant compound known as amygdalin.
It is found in relatively high amounts in the seeds of fruits in the rose family, which includes apples, almonds, apricots, peaches and cherries (123).
Amygdalin is a part of the seeds' chemical defenses. It is harmless when intact, but when the seeds are damaged, chewed or digested, amygdalin degrades into hydrogen cyanide. This is very poisonous and even lethal in high doses (45).
Cyanide has been used as a poison throughout history. It works by interfering with cells' oxygen supplies, and may lead to death within minutes at a sufficiently high dose (67).
Summary: Apple seeds contain amygdalin, which is converted into cyanide when the seeds are chewed or crushed. Cyanide is highly poisonous and can be deadly in high doses.
How much cyanide can you tolerate?
Consuming 0.2-1.6 mg of cyanide for each pound of body weight (0.5-3.5 mg/kg) may lead to severe poisoning, causing a coma, paralysis, heart and lung failure or even death (8).
For a 180-pound (81 kg) adult, this equals 41-286 mg of cyanide.
Lower amounts of cyanide may cause various milder symptoms, such as headache, nausea, vomiting, stomach cramps, dizziness, weakness and confusion.
The exact amount needed to make you sick depends on your body weight. Young children are at a greater risk.
Summary: Small amounts of cyanide, ranging from 0.2-1.6 mg for every pound of body weight, cause acute poisoning and may even be deadly.

Do apple seeds release enough cyanide to make you sick?

The amygdalin content in one gram of apple seeds ranges from 1-4 mg, depending on the variety (910).
However, the amount of cyanide derived from apple seeds is much less.
One gram of finely crushed or chewed apple seeds may deliver up to 0.06-0.24 mg of cyanide (1112).
As a result, eating two cups of ground apple seeds might be fatal. At the very least, it could make you sick.
The exact lethal dose of apple seeds varies widely. It depends on body weight, individual tolerance and the type of apple. Keep in mind that much lower amounts might make you sick.
This table shows how many apple seeds you would need to eat to risk death, relative to your body weight.
Body weight (pounds)Body weight (kg)Apple seeds (grams)Apple seeds (number)
20 (toddler)919-52927-756
12054113-3,175162-4,536
13059123-3,440176-4,914
14064132-3,704189-5,292
15068142-3,969203-5,670
16073151-4,234216-6,048
17077161-4,498229-6,426
18082170-4,763243-6,804
19086180-5,027256-7,182
20091189-5,292270-7,560
For example, 243-6,804 apple seeds would be needed to kill a 180-pound individual. To put this in perspective, a whole apple may contain anywhere from 0-20 seeds.
Additionally, swallowing whole apple seeds is unlikely to cause any symptoms.
The seed coat protects them from digestive enzymes, and they pass harmlessly through your digestive system.
Nevertheless, it's probably a good idea to remove the seeds before giving apples to young children or pets.
Summary: Eating a few apple seeds is safe. However, large quantities of ground or crushed seeds (over 100 grams) are potentially fatal.
The bottom line
Apple peels and flesh are very healthy and pose no risks to your health.
However, chewed or crushed apple seeds release small amounts of cyanide, which is highly toxic.
Nevertheless, you would probably need to thoroughly chew and swallow over 150 seeds before you experienced any adverse symptoms.
So if you accidentally eat a few apple seeds, there is no need to worry.

धर्म परिवर्तन हुने पार्टी परिवर्तन नहुने?

चितवनमा बस्ने एक जना दाईले भरतपुर प्रकरणमा मेरो एउटा प्रश्नको उत्तर दिदै भन्नुभयो,‘म त जन्मजात कांग्रेस हुँ भाई मैले चाहेर पनि मेरो हातबाट भोट रूखमा बाहेक अन्त जादैन। तर मलाई थाहा छ कांग्रेस उचित बाटोमा हिँडिरहेको छैन।’

न सिद्धान्त मिल्छ न बाटो मिल्छ माओवादीसँग चुनावी तालमेल गर्ने, त्यतिले पनि नपुगेर हार्ने अवस्था आएपछि मतपत्र च्यात्नेजस्तो कार्यलाई पनि ढाकछोप र बचाउ गर्ने पार्टीको मान्छे हुँ भन्दा तपाईँलाई अलिकति अफ्ठेरो लाग्दैन दाई भन्ने मेरो प्रश्नको जवाफ थियो त्यो।चितवनमा बस्ने एक जना दाईले भरतपुर प्रकरणमा मेरो एउटा प्रश्नको उत्तर दिदै भन्नुभयो,‘म त जन्मजात कांग्रेस हुँ भाई मैले चाहेर पनि मेरो हातबाट भोट रूखमा बाहेक अन्त जादैन। तर मलाई थाहा छ कांग्रेस उचित बाटोमा हिँडिरहेको छैन।’
दसैंमा गृह जिल्ला दाङ गएको बेला स्कुलसँगै पढेको साथीसँग राजनीतिक गफ भयो। देशको बिग्रदो अबस्थामा साथी निकै चिन्तित थिए। पढेलेखेका र राजनीति बुझ्ने उनलाई थाहा थियो देश कसले बिगार्‍यो भन्ने। उनी भन्थे ‘यो देश बिगार्ने जिम्मेवार दलहरू कांग्रेस, एमाले र माओवादी नै हुन् यसमा कुनै शंका छैन।’ मैले मौका छोपेर भनिहाले,‘अनि किन भोट चाहिँ सूर्यमा हाल्छौ त साथी?’  उनले लाचार जवाफ दिए-के गर्नु यार हाम्रो बाजे पनि एमाले, बाउ पनि एमाले, दाजुभाई छर छिमेक सबै एमाले छन्। म मात्र कसरि अर्को दलमा लाग्न सक्छु? बस्नुपर्छ भोलि यही समाजमा, गाह्रो छ साथी।’ उनले अगाडि थपे- ‘एमालेले चाहेको भए कांग्रेसका गलत कामको विरोध गर्दै अलगधार स्थापना गर्न सक्थ्यो तर कांग्रेस पछि जन्मेको एमाले पनि कांग्रेसले जे जे गर्‍यो त्यसैको फलो गर्‍यो। गलत काम गर्न दुई दलको प्रतिस्पर्धा चल्यो। त्यसपछि जन्मेको माओवादीले पनि आफ्नो धार पोलेर खायो अनि कांग्रेस र एमालेसँगै देश रित्याउने प्रतिश्पर्धामा आयो।’
के यो बिडम्बना होइन? यत्रो सुझबुझ भएको व्यक्तिले भोट चाही जानी जानी उही दललाई हालिरहेको छ।
बुटवलमा बस्ने मेरा अति प्रिय साथि केही वर्ष अघिसम्म राप्रपा नेपालमा आवद्ध थिए। २०६२/६३ पछि ३० लाख भारतीयलाई नागरिकता बाँडिएको कुरालाई बडो जोडतोड़का साथ दिनमा दुई तीन वटा स्टाटस सामाजिक संजालमा पोस्ट गर्थे। ठूला तीन दल र त्यसमा पनि नेपाली कांग्रेसले नै यो देश बिगारेको भन्ने उनको कथन हुन्थ्यो। एकाएक ती साथी नै नेपाली कांग्रेसमा प्रवेश गरेछन्। अहिले रूख चुनाव चिन्न बोकेर चुनावी अभियानमा हिँडेको तस्बिरहरू पोस्ट गर्छन्।
बडो उत्सुकता जाग्यो यो रहस्यको र मैले सोधेँ, ‘ए साथी यो के आश्चर्य हो? ३०लाख भारतीयलाई नागरिकता बाँड्ने पार्टी मै पो लागेको?’,  उनको उत्तर थियो- के गर्नु यार साना पार्टीलाई कसैले टेरेनन् कसैले कुरा नै सुन्दैनन् अब राजनीतिमै लागेपछि ठूलै पार्टीमा लाग्नु पर्दो रै’छ।’
यो खालको राजनीति छ हाम्रो नेपालमा। उद्धेश्यविहिन, सिद्धान्तविहिन, खाली राजनीति गर्न कै लागि राजनीति।
हिजो मात्र काठमाडौं कै एकजना स्थानीयलाई सोधेँ- यो पाली भोट कसलाई दिने मित्र?’ उनले सरल उत्तर दिए- ‘म त जसले जित्छ उसैलाई दिने हो।’
आज बिहान मेरो डेरामा दुध लिएर आउने दिदीलाई पनि सोधिहालेँ, ‘चुनाव आयो भन्छन् दिदी कसलाई दिने हो भोट?’
‘भाई हामी त खानदान नै माओवादी हसियाँ हथौडा जिन्दावाद!’, उनको जोशिलो उत्तर थियो। मैले सचेत गराउदै भनेँ, ‘अहिले त तालमेल छ नि फेरि तपाईँको पार्टी र एमालेको, सिधै हसिया हथौडामा भोट दिँदा त्यो भोट खेर जान सक्छ बुझेर हाल्नु होला।’ मैले भन्न खोजेको कुरा उनले बुझिन् कि बुझिनन् तर, तात्तातो उत्तर दिइहालिन् -अहँ अरुलाई त चान्सै छैन भाई।’
माथिका केहि प्रतिनिधि पात्र मात्रै हुन्। अधिकांश हामी जनता यस्तै छौं र यस्तै मतदाताले हाम्रा नेता छनोट गरिरहेका छन्। अनि नेताले काम गरेनन् भनेर हामी उनीहरुलाई गालि पनि गरिरहेका छौं। गहिरिएर सोच्ने हो भने हामी पनि नेता जस्तै विवादास्पद छौं। यस्तै राजनीतिले देशलाई जेलेको छ। यो गुजुल्टो फुकाउन नै २-३ दशक लाग्न सक्छ। त्यो पनि स्पस्ट उद्धेश्यसहितको राजनीतिक शक्ति देशमा उदाईहाल्यो भने मात्र। विकास त कहिले हो कहिले।
नेताहरूले लोकतन्त्र र प्रजातन्त्रको वास्तविक परिभाषा जनतामा लगेनन्। दल पिच्छे आफ्नो दलनै लोकतन्त्रको ठेकेदार हो। आफूलाई भोट दिने मात्र लोकतन्त्रवादी अरू जति सबै अर्कैवादी भनेर कू प्रचार गरियो। कार्यकर्तालाई जसरी हुन्छ भोटर बैंक खोल्ने जिम्मा दिइयो। भोटर बैंक खोले बाफत उनीहरुलाई पुरस्कृत गरियो। मानौं उनीहरू राजनीति होइन कुनै कम्पनी चलाईरहेका छन्। जति ग्राहक बनायो त्यति कमिसन!
हामी जनता यसकारण विवादास्पद कि हामी राजनीतिक पार्टीलाई आफ्नो धर्म ठानेका छौं जुन राम्रो होस् कि नराम्रो अपरिवर्तित हुन्छ। धर्म बरू यहाँ दिन दुई गुना रात चौगुना परिवर्तन भइरहेको छ। २०६२/६३ पछिको देशको उपलब्धि नै यही होर। बाटो- घाटो, बिजुली, टेलिफोन, हेल्थ पोस्ट, प्रहरी चौकी कुनै चिज पुग्न नसकेको ठाँउमा पनि बिदेशी धर्म मिसिनरी पुगेकै छन्।
हाम्रो आफ्नो दर्शन, धर्म, संस्कृति लोप हुँदैछ। अर्काको दर्शन अंगिकार गर्नेलाई आधुनिक भनिन्छ यहाँ। आफ्नो दर्शन बचाऊ गर्नेलाई पाखे भनिन्छ। यही एउटा उपलब्धि हो यी दलहरुले देशलाई दिएको।
जसरि धर्म परिवर्तन भइरहेको छ त्यही गतिमा देश विकास पनि भइदिएको भए र जनताको राजनीतिक सोँच पनि परिवर्तन भइदिएको भय सायद आज यो स्तम्भकारले यो स्तम्भ लेख्नु पर्दैनथ्यो होला। यहाँ त हुनुपर्ने चिज हुँदैन नहुनु पर्ने मात्र हुन्छ।
देश विकास त बरू राजाकै पालामा भएको थियो। धेरै जसो जिल्ला सदरमुकाम पुग्ने बाटो घाटो उहिले नै पुगेको हो। धेरै जसो जिल्लामा बिजुली र टेलिफोन उहिल्यै पुगेको हो। पूर्व-पश्चिम राजमार्ग उहिल्यै बनेको हो। अहिले ती सबै जिर्ण छन् मर्मत गर्न समेत अहिलेका नेताहरुले चाहँदैनन्।
ट्रली बस, साझा बस, चोभारको सिमेन्ट कारखाना, हेटौंडा सिमेन्ट कारखाना, उदयपुर सिमेन्ट कारखाना, बाँसबारी छाला तथा जुत्ता कारखाना, विराटनगर जुट मिल, गोरखकाली टायर कारखाना, शाही औषधि लिमिटेड, जनकपुर चुरोट कारखाना आदि उहिल्यै खुलिसकेका हाम्रा उद्योगहरु कहाँ र कस्तो अबस्थामा छन् अहिले? किन डुबाइयो? कसले डुबायो? कसले खोजेको छ कारण?
नेता आफ्नो स्वार्थमा देश बेच्न थालिसके कार्यकर्तालाई सबै थाहा छ तर पनि उसकै झोला बोकेकै छन्। उसकै गुनगान गाएकै छन् बरू हामी हाम्रो बाउलाई कसैले चोर डाँका भनेको सहन्छौ तर आफ्नो नेतालाई कसैले नराम्रो भनेको सहदैनौं। वास्तवमा भन्ने हो भने यो अन्धभक्त कार्यकर्ताले डुबाएको देश हो। अन्धभक्त जनताले डुबाएको देश हो। अन्धभक्तले कसैको हित गर्दैन। नेपाललाई कसरि गर्थ्यो?
प्रजातन्त्रमा बहुदलीय व्यवस्था हुन्छ। एउटा दलले देशको लागि कुभलो गर्दछ भने वा प्रतिबद्धता अनुरुप काम गर्न सक्दैन भने जनताले अर्कोलाई रोज्न सक्दन्। यो रोज्न पाउनु जनताको अधिकार मात्र होइन कर्तब्य पनि हो। जनताले नै यो वा त्यो बहानामा आफ्नै पुरानो दललाई निरन्तरता दिन चाहन्छन् भने त देश सिन्डिकेट तर्फ फस्छ र कहिले विकास हुँदैन। त्यस्तै हामी जनताको अर्को विवादास्पद बानी छ काठमाडौंका मेरा मित्र जस्तो ‘जसले जित्छ उसैलाई दिने।’ यदि जसले जित्छ वा जित्छ जस्तो लाग्छ उसैलाई दिने हो भने त पक्कै पनि पुराना ठूला दलले नै जित्छन्। उनीहरूको कार्य सम्पादन पनि ठीक भएन भन्ने, यी दलहरुले देश डुबाए पनि भन्ने अनि जसले जित्छ उसैलाई भोट दिन्छु भन्ने हाम्रो भनाइ नै बाझिएन र?
अब हामीले आँखा खोल्ने बेला आयो। मिठा मिठा घोषणा पत्र लिएर आउनेलाई भोट दिएर उनीहरुको देश डुबाउ अभियानलाई बैधानिकता दिने कि देश जोगाउन खोज्न खोज्ने? देश डुबाउने र जोगाउने कुरा निधारमा लेखिएको हुँदैन कसरि  थाहा पाउने भन्ने प्रश्न उठ्न सक्छ जुन स्वाभाभिक पनि हो तर यसको उत्तर पनि छ, कमसे कम वर्षौदेखि गलत काम गरेर प्रमाणित भइसकेकालाई थप मौका नदिउ। देशमा च्याउसरी नयाँ पार्टी पनि आएका छन्।  पुराना दलले राम्रो काम गर्दिएको भए पक्कै पनि यी च्याउ उम्रने थियनन्। यी च्याउलाई हेर्ने फुर्सद कसलाई हुन्थ्यो र? त्यसैले यी बर्खे च्याउ उम्रनुको अप्रत्यक्ष्य कारण पनि यिनै दल हुन्। यो सत्य हो र सत्यलाई स्वीकारौं।
पुराना दलमा आवद्द सबै तहका सबै नेता कार्यकर्ता खराब छन् भन्न खोजेको होइन। यीनै दलका मध्यम र तल्लो तहमा धेरै ईमान्दार कार्यकर्ता पनि छन्। तर बिडम्बना उनीहरुले कहिल्यै मौका पाउँदैनन्। पार्टीमा वर्षौदेखि एउटै व्यक्ति अध्यक्ष उही चुनाब लड्ने र प्रधानमन्त्री पनि हुने। एउटै व्यक्तिले २-३ दशक पार्टी र सत्ता कब्जा गर्ने तर, राष्ट्रहितमा कुनै काम गर्न नसक्ने आजको समस्या हो।
पार्टी भनेको साधन हो देश जोगाउने र विकाश गर्ने साध्य होइन। पार्टी हाम्रो धर्म पनि होइन जुन परिवर्तन गर्न हजार पटक सोच्न परोस्। बारम्बार नराम्रो गरेर प्रमाण पत्र झुन्ड्याई सकेकालाई फेरि पनि विश्वाश गर्नुभन्दा बरू सानै किन नहोस नयाँलाई मौका दिएर हेर्नु बुद्दिमानी होला कि!

- महेश आचार्य

संसारमा एक जना मान्छे बराबर १ करोड ७० लाख झिँगा

संसारमा एक जना मान्छे बराबर १ करोड ७० लाख झिँगा छन्।
तिनीहरू परागसेचन गर्छन्। कुहिएका चिज र नालीका कीरा खान्छन्। अन्नबाली बिगार्छन्। रोग फैलाउँछन्। माकुरा मार्छन्। र, झ्यालिन्चाको शिकार गर्छन्।
यीमध्ये केहीले आफ्नो पखेटा गुमाएका हुन्छन्। त्यस्ता झिँगा चमेराको रगत खाएर जीवित रहन्छन्। उनीहरू चमेराका भुत्लाभित्र फुत्त–फुत्त उफ्रिँदै आफ्नो जीवन काट्छन्। त्यस्ता झिँगाले सामान्यतया एउटा मात्र बच्चा पाउँछ।
‘तिनीहरू जे पनि गर्छन्, जहाँ पनि जान्छन्। भुनभुन कराउँदै उड्छन्। र, प्रशस्त यौनसम्पर्क राख्न रुचाउँछन्,’ लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियममा झिँगाका संरक्षक एरिका म्याकएलिस्टरले भनिन्, ‘त्यसैले, म झिँगालाई प्रेम गर्छु।’
डा. एरिकाले झिँगाप्रतिको आफ्नो प्रेम ‘दी सिक्रेट लाइफ अफ फ्लाइज’ किताबमा प्रस्तुत गरेकी छन्। यो किताबमा झिँगाप्रति उनको अगाध लगाव ठट्यौली तरिकामा व्याख्या गरिएको छ। यसमा उनले आफूलाई मनपर्ने प्राणीबारे बढीभन्दा बढी सूचना दिने प्रयास गरेकी छन्।
खासगरी १ करोड ७० लाख झिँगाबारे जान्न चाहनेका लागि यो किताब स्रोत–पुस्तक हुनसक्छ। यो तथ्यांक पनि अनुमानित मात्र भएको उनी बताउँछिन्।
झिँगाबारे लेखिएको यो पहिलो किताब होइन। यसअघि पनि झिँगामाथि शोध गरेर थुप्रैले किताब लेखेका छन्। एरिकाजस्तै ती सबै लेखकमा एउटा समानता छ– उनीहरूको झिँगालाई हेर्ने दृष्टि रमाइलो र विनोदपूर्ण छ। उनी मानव जीवन र यो समग्र संसारकै निम्ति झिँगाको महत्व उजागर गर्न चाहन्छिन्। र, भन्छिन्, ‘मान्छेका हातले प्याट्ट हिर्काउन मात्र यो सृष्टिमा झिँगाको जन्म भएको होइन।’
उदाहणका लागि, झिँगाबिना चक्लेटको अस्तित्व नै हुँदैनथ्यो। एरिकालाई चक्लेट मन पर्दैन, तर उनी त्यस्ता झिँगा अत्यन्तै मन पराउँछिन्, जो चक्लेट उत्पादन हुने कोको बिरूवाको परागसेचन गराउन मद्दत गर्छन्। अत्यन्तै सानो आकारका त्यस्ता झिँगा अरू कीराको रगत खाएर बाँच्छन्। सँगसँगै, एउटा बिरुवाबाट अर्कोमा पराग ओसारपसार गर्न खुब मन पराउँछन्।
एरिकाको विशेषज्ञता भन्नु नै झिँगा हो। उनी सबै किसिमका झिँगा मन पराउँछिन्। उनको अध्ययन भने सानो जातका झिँगामा केन्द्रित छ, जसमा काला झिँगा र लामखुट्टे पर्छन्। ‘टोक्ने, घिनलाग्दा र रगत चुस्ने झिँगा मलाई एकदमै मन पर्छन्,’ उनले भनिन्।
उनले झिँगाबारे तलतल मेट्ने दुइटा तरिका छ — उनी संग्रहालयमा काम गर्छिन् र स्थलगत अध्ययनमा जान्छिन्। यो उनले चिताएकै काम हो। उनी आज पनि त्यो दिन सम्झन्छिन्, जब संग्रहालयमा काम थाल्नुअघि विद्यार्थीका रूपमा आएकी थिइन्। त्यतिबेला उनले मनमनै खुसी हुँदै भनेकी थिइन्, ‘म ३ करोड ४० लाख कीराहरू भएको घरमा छु। मैले ती कीरालाई सुटुक्क भनेकी थिएँ– म पनि तिमीहरूजस्तै छु है।’
एरिकाको यो झिँगा प्रेम बाल्यकालबाटै सुरु भएको हो। उनी सानैमा बिरालोका जुम्रा हेरिदिने गर्थिन्। र, त्यसलाई आफ्नो बुबाले दिएको माइक्रोस्कोपमुनि राखेर मिहिन अध्ययन गर्थिन्। छिट्टै उनको रुचि बिरालोको जीउमा पर्ने जुम्राबाट केही खतरनाक कीरातर्फ तानियो।
‘मलाई सानैदेखि प्रकृतिको अँध्यारो पक्ष मन पर्छ,’ माकुरा मार्ने झिँगाबारे कुराकानी गर्नुअघि उनले भनिन्, ‘प्रकृतिमा झिँगाको भूमिका यस्तै हुन्छ।’
उनका अनुसार झिँगाले मानव जातिलाई धेरै कुरामा मद्दत गर्छन्। फालिएका जैविक चिज सफा गरिदिन्छन्। यसै फालिएका काठका टुक्रादेखि नालाको फोहोरसम्म सफा गर्नमा झिँगाको ठूलो भूमिका हुन्छ। घरमा मान्छेले गर्ने फोहोर पन्छाउने पनि यिनै झिँगा हुन्।
कहिलेकाहीँ त यी झिँगा यति धेरै संख्यामा आइदिन्छन्, हाम्रो अनुहारै ढाक्ने गरी वरिपरि भुनाभुनाउन थाल्छन्। सबभन्दा डरलाग्दो कुरा, हामीले फेर्ने सासमा यिनीहरूको शरीरको थोरै मात्र हिस्सा पर्यो भने, स्वास्थ्यका लागि हानिकारक हुन्छ। कतिपय झिँगा मान्छे, मुसालगायत सबैको मृत शरीरमै बाँच्ने गर्छन्। त्यस्ता झिँगा १ हजार १ सय प्रजातिका हुन्छन्। कुनै पनि हत्या वा अन्य अप्राकृतिक मृत्युको कारण पत्ता लगाउने पोस्टमार्टममा यी झिँगा प्रयोग हुन्छन्। शव सडेर जाने क्रममा झिँगाले कुन चरणमा अन्डा पार्यो हेरेर कति दिनअगाडि मृत्यु भयो भनी थाहा पाउन सजिलो हुन्छ।
झिँगालाई विज्ञान प्रयोगशाला परीक्षणमा समेत महत्वपूर्ण विषयका रूपमा लिइन्छ। ऐतिहासिक रूपमा हेर्दा झिँगाले आधुनिक जेनेटिक्सको आधार खोज्ने पर्याप्त सूचना दिन्छ।
गत बिहीबार मात्र ‘सल्क इन्स्टिच्युट’ का वैज्ञानिकले इन्टरनेट सर्च इन्जिन सुधारमा झिँगाको मस्तिष्कले कसरी काम गर्छ भनी अध्ययन गरेका छन्। त्यस्तै, हार्वर्ड ह्युग मेडिकल इन्स्टिच्युट, जनेलिया अनुसन्धान संस्थाका वैज्ञानिकले झिँगाको चित्र आफ्नो नक्सामा उतारेका छन्। झिँगाका विभिन्न आनीबानी मिहिन अध्ययन गरेका छन्।
प्रयोगशाला सञ्चालन गर्दै आएका विवेश जयरमणका अनुसार झिँगाले कुनै पनि घटनामा तत्काल प्रतिक्रिया जनाउँदैन। बासना, सम्झना, भोक र डरको अवस्थामा मान्छेको अनुहारको रङ फेरिएजस्तै झिँगाले पनि यी फरक—फरक अवस्थामा छुट्टै प्रतिक्रिया जनाउँछ। एरिकालाई भने अन्टार्टिकादेखि आर्टिकसम्म पाइने सबै किसिमको झिँगा पछ्याउने सोख छ।
हामीलाई संसारभर भएका झिँगा वा कीरामध्ये १ लाख ६० हजारको मात्र नाउँ थाहा छ। त्यसबाहेक सबै कीराको नाउँ थाहा छैन। यो करोडौं, अर्बौंको संसार हो।
झिँगाको स्वरूप र व्यवहार पनि ठाउँ र प्रजातिअनुसार फरक पर्ने उनी बताउँछिन्। मध्यपूर्वमा पाइने एउटा प्रजातिका झिँगा फलफूल वरिपरि मात्र भुनभुनाउँछन्। ती झिँगा काटिकुटी माकुराजस्ता देखिन्छन्।
‘मेरो यो किताबले परिवार र आफन्त सबैलाई निकै खुसी तुल्यायो,’ एरिका भन्छिन्, ‘सुरुमा मेरो झिँगाप्रेम देखेर आमाबुबा अन्यौलमा पर्नुभएको थियो। म परिवारको माइलो सन्तान थिएँ। उहाँहरूले मलाई जे मन लाग्छ त्यही काम गर्नू भनेर खुला छाडिदिनुभयो।’
अहिले आएर परिवारका उनै सदस्य खुसी हुँदै भन्छन्, ‘एरिकाले धेरै राम्रो गरेकी छन्।’
एक अनुमानअनुसार सन् २०८० सम्म यस्ता झिँगाको संख्या २४४ प्रतिशत वृद्धि हुन सक्नेछ। झिँगाको दुनियाँमा केही यस्ता विषय छन्, जुन अझै रहस्यकै गर्भमा छन्। जस्तो, यो संसारमा कति प्रजातिका झिँगा छन् भन्ने कसैलाई थाहा छैन। सुन्तला आकारको ठूलो टाउको भएको झिँगाको अवस्था के छ भन्ने कसैले यकिन भन्न सक्दैन। यो प्रजातिको झिँगा लोपै भएको धेरैले अनुमान गरेका थिए। केही वर्षअघि यो फेरि कतै देखा परेपछि बल्ल लोप भएको छैन भन्ने थाहा भएको थियो।
आफूले सुल्झाउन नसकेका झिँगासम्बन्धी यी रहस्य खोतल्ने जिम्मा नयाँ पुस्ताको भएको उनी बताउँछिन्।
‘मैले आफ्नो तर्फबाट गर्न सक्नेजति काम गरेँ,’ उनी भन्छिन्, ‘अब नयाँ पुस्ताको पालो।’

मासु नखाँदा

मिठो खानेकुराको प्रसंग आउनसाथ हामी मासु सम्झन्छौ । मासुको परिकार हामीलाई स्वादिलो लाग्छ । तर, स्वस्थ्यकर नि ?
मासु स्वस्थ्यकर भने मानिदैन । मासु खानु र नखानुले शरीरमा खास प्रभाव पार्छ । मासु खानेभन्दा मासु नखानेको स्वास्थ्य राम्रो हुने प्रमाणित भइसकेको छ ।
केही वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएका छन्, सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ । यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् । जबकि शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ ।
अध्ययनबाट यो पनि पमाणित भएको छ कि जो मानिसहरु शाकाहारी भोजन गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ । यस आलेखमा हामी मासु नखाँदा शरीरलाई पार्ने १० असरको विषयमा चर्चा गर्दैर्छौं ।
१. तौल नियन्त्रण हुन्छ
मासु छोड्ने मानिसहरुको वजन लगभग १० पाउन्डसम्म कम हुन सक्छ । उनीहरुलाई आफ्नो क्यालोरी बढेको चिन्ता हुँदैन र उनीहरुले धेरै वर्क आउट पनि गर्नु पर्दैन । शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
२. पेटमा प्रोटेक्टिभ ब्याक्टेरिया बढ्छ
एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो ।
३. छाला स्वस्थ र सफा हुन्छ
शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढि डण्डीफोर, कोठी देखिँदैन । यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको त्वचा पनि सफा र स्वस्थ हुन्छ ।
४. शरीरमा फुर्ति बढ्छ
मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन् । शाकाहारी भोजनले केवल वजन बढ्ने र शरीरका विषाक्त पदार्थलाई मात्र नियन्त्रण गर्दैन, आफूलाई हल्का महसुस गर्न सकिन्छ ।
५. मुटु रोगको खतरा कम हुन्छ
रेड मिट खाँदा मुटु रोगका खतरा अधिक हुन्छ । रेड मिटमा मौजूद कार्निटिनको केमिकल रियाक्सनका कारण हाम्रो मुटुमा यसको नकारात्मक प्रभाव पर्छ ।
६. कोलस्ट्रोल एक तिहाई कम हुन्छ
यदि तपाईंले मासु खान छोडिदिनुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ । यसको तुलना कोलस्ट्रोल क मगर्ने औषधिसँग पनि गर्न सकिन्छ ।
७. जीनले राम्ररी काम गर्छ
मासु खान छोडेर तरकारी मात्र खाने गरियो भने हाम्रो जीन निकै राम्रो हुन्छ । यसले शरीरको कामलाई सामान्य गर्न मद्दत गर्छ ।
८. पोषणको कमी हुन सक्छ
मासु खान छाडियो भने शरीरमा आयोडिन, आइरन, भिठामिन डी र बी १२ को कमी हुन सक्छ । त्यतिबेला यी पोषक तत्वहरुयुक्त सप्लिमेन्ट सेवन गरेर यसको कमि पुरा गर्नुपर्ने हुन्छ ।
९. आफ्नो जिब्रोको स्वाद गुम्न सक्छ
जिंक हाम्रो जिब्रोको टेस्ट सेन्सेसनका लागि एक आवश्यक तत्व हो । रेड मिट र ओइस्टरमा अधिक मात्रामा जिंक पाइन्छ । तर, शाकाहारी भोजन गर्ने व्यक्तिहरुले कुनै अन्य स्रोतबाट जिंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्यथा जिब्रोले स्वाद थाहा पाउन छोड्दै जान्छ ।
१०. मसल्स बन्न समय लाग्छ

मांसपेशीहरुलाई मजबुत राख्नका लागि प्रोटिनको सबैभन्दा बढि आवश्यकता हुन्छ । प्लान्ट प्रोटिनले काम सुरु गर्न अत्यधिक समय लिन्छ । पोषणविदहरु शाकाहारी भोजन गर्ने व्यक्तिहरुलाई वर्क आउटपछि प्रोटिन लिने सल्लाह दिन्छन् ।

source https://www.onlinekhabar.com

आर्यघाटमा सुटुक्कै जल्यो नैतिकताको ‘सिंहदरबार’

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको केही घण्टाभित्रै शनिबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न भयो । न कुनै राष्ट्रिय सम्मान, न कुनै भीडभाड ।
परिवारका सदस्यहरु एवं शुभेच्छुकहरुको सानो उपस्थितिमै एक सर्वसाधारण नागरिकजस्तै गरी पूर्वप्रधानमन्त्रीलाई जलाइयो ।
पूर्वप्रधानमन्त्री विष्ट पञ्चायत कालमा लामो समय सत्तामा रहे । तर, उनको विशेषता नै यो रह्यो कि उनी सधैं सामान्य जीवनशैलीमा रहे । विष्टले जीवीतै हुँदा परिवारजनलाई भनेका थिए कि आफ्नो दाहसंस्कार गर्दा सलामी अर्पण नगराइयोस् र ठूलो तडक-भडक नदेखाइयोस् । परिवारजनले त्यसै गरेर धर्म निभाए ।
आफ्नो जीवनकालमा नैतिकता र सादगीपनको परिचय दिएका पूर्वप्रधानमन्त्री विष्टको निधनमा त्यस्तै सादगीपन देखियो आर्यघाटमा ।
सुटुक्कै जल्यो ‘सिंहदरबार’
सरल जीवनशैलीका ९१ वर्षीय विष्ट प्रधानमन्त्री पदमा रहेकै बेला ०३० साल असार २५ गते सिंहदरबारमा भीषण आगलागी भएको थियो । राति १० बजेतिर आगो लागेको थियो । प्रधानमन्त्री विष्टलाई विद्युत सर्ट भएर आगो लागेको सूचना दिइएको थियो ।
प्रधानमन्त्री विष्ट राति नै बालुवाटारबाट गाडी चढेर सिंहदरबार नजिकै रहेको राष्ट्रिय पञ्चायत भवन छेउमा आए । र, त्यहीँबाट मुलुकको मुख्य प्रशासनिक भवन ह्वारह्वारी जलेको दृश्य हेरे । र, त्यहीँ बसेर बलिन्द्र धारा आँशु खसालेर रोए ।
चीनको सीमानामा नेपाली भूमिमा रहेका भारतीय चेकपोष्टहरु विष्टकै पालामा हटेका हुन् । र, यही कारणले उनलाई भारतविरोधी राष्ट्रवादी नेताका रुपमा हेर्ने गरिएको छ
चन्द्र समशेरले सिंहमरमर प्रयोग गरेर बनाएको सिंहदरबारबाट निस्केको आगोको राप पुतलीसडक, बानेश्वर थापाथलीसम्म फैलिएको थियो । तर, देशको प्रधानमन्त्री त्यो दृश्य टुलुटुलु हेर्न विवश थिए ।
शाही नेपाली सेनाका जवानहरुले रातभर आगो निभाउने असफल प्रयास गरेका थिए । उनीहरुकै प्रयासले सिंहदरबारको अग्रभाग मात्रै जोगियो, अरु सबै जल्यो । अहिले त राजधानीमा बारुण यन्त्रहरु चुस्त दुरुस्त छैनन, त्यो बेला बालुवा र माटो हालेर आगो निभाउन सकिने कुरै थिएन ।
सिंहदरबार ह्वारह्वारी जलिरहँदा तत्कालीन प्रधानमन्त्री विष्ट रातभरि बालुवाटार नफर्किकनै त्यहीँ बसे । बिहान उज्यालो भएपछि उनी युद्ध हारेको सिपाहीजस्तो बनेर बालुवाटार फर्किए । अनि राजीनामा लेखेर दरबारमा राजा वीरेन्द्रलाई बुझाए ।
तत्कालीन प्रधानमन्त्री विष्टलाई राजा वीरेन्द्रले भनेका थिए- तिमीले सिंहदरबार जलाएको हैन, किन राजीनामा दिन्छौ ? राजीनामा फिर्ता लैजाऊ र मलाई सघाऊ । तर, विष्टले मानेनन् । मलाई नैतिकताले पदमा बस्न दिँदैन सरकार भन्दै उनले राजीनामा दिए ।
त्यसो त प्रधानमन्त्री विष्टलाई तत्कालीन भारतीय राजदूतले पनि राजीनामा नदेउ भनेका थिए । तर, विष्टले सामान्य रेल दुर्घटना हुँदा तिम्रा लालबहादुर शास्त्रीले राजीनामा किन दिए ? भन्दै राजदूतलाई जवाफ फर्काएको इतिहासमा पढ्न पाइन्छ ।
कीर्तिनिधि विष्ट नैतिकता गुमाएर पदमा टाँसिनुहुँदैन भन्नेमा दृढ थिए । उनले ०३६ साल बैशाख १९ गते विद्यार्थी आन्दोलनका कारण शिक्षामन्त्रीको जिम्मेवारीबाट पनि राजीनामा दिएका थिए । त्यसबेला पनि उनले नैतिकताका आधारमा शिक्षामन्त्री बनिरहन मिलेन भनेका थिए ।
त्यस्तै ०३६ साल जेठ १० गते विष्टले दोस्रोचोटि प्रधानमन्त्री पदबाट राजीनामा दिए । राष्ट्रिय पञ्चायतको ३० औं अधिवेशन चाँडै बस्न लागेको र सो पञ्चायतले नै नयाँ प्रधानमन्त्रीको सिफारिस गरोस् भन्ने राजाले चाहेको भन्दै उनले राजीनामा दिएका थिए ।
ज्यान गए पनि कुर्सी नछाड्ने नैतिकताहीन नेताहरुका लागि कीर्तिनिधि विष्ट नैतिकताका ‘सिंहदरबार’ नै हुन्, जो शनिबार दिउँसो आर्यघाटमा सुटुक्क जलेर प्रकृतिमा लीन भएका छन् ।
पारिवारिक स्रोतका अनुसार पूर्वप्रधानमन्त्री विष्टका कान्छा छोराले संसार छाडेको धेरै समय भएको छैन । र, आफ्ना पितालाई स्याहार गरिरहेका जेठा छोरा विनोद विष्ट पनि किड्नीका बिरामी हुन् ।
को हुन् विष्ट ?
थरले विष्ट भए पनि कीर्तिनिधि क्षेत्री नभएर उपाध्याय बाहुन हुन् । उनी राजपुरोहितका सन्तान हुन् । राजघरानाका पाण्डेहरु उनका मावली हुन् ।
पूर्वप्रधानमन्त्री विष्ट खासै ‘हाइप्रोफाइल’ वाला नेताजस्ता देखिँदैनथे । शनिबार निधन भएको खबर सुन्दा पनि कतिपय नयाँ पुस्ताका सर्वसाधारणले उनलाई ‘पूर्वप्रधानमन्त्री’का रुपमा खासै नाम नसुनेको जस्तो गरे । यद्यपि उनी लामो समयसम्म नेपालको राजनीतिमा छाएका पूर्वपञ्च थिए । उनलाई एकजना आदर्श राजनेताका रुपमा उनका समकालीनहरुले लिने गरेका छन् ।
पूर्व प्रधानमन्त्री विष्टको जन्म वि.सं. १९८३ साल पुसमा काठमाडौं ठमेलनजिकै वटू टोलमा भएको थियो । विद्यालयहरु नखुलेको समयमा जन्मेका विष्टले मावली घरमा अक्षर सिके । पछि उनले दरबार हाइस्कुलबाट तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।
त्रिचन्द्र क्याम्पसबाट बीए पास गरेका उनले भारतको लखनऊबाट राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरे ।
विष्टको राजनीतिक यात्रा भारतको लखनऊबाटै सुरु भएको थियो । सुरुमा उनी राष्ट्रिय कांग्रेसमा आवद्ध भए । सन् १९४९ मा लखनऊमा पढ्दै गर्दा विष्टको भेट डिल्लीरमण रेग्मीसँग भयो । रेग्मीले नै उनलाई राष्ट्रिय कांग्रेसमा प्रवेश गराए ।
राष्ट्रिय कांग्रेसमा लागेर विष्ट संगठनमा सक्रिय भए । विद्यार्थीकालमै उनले काठमाडौंको सानो गौचरनमा भाषण गरेका थिए । एमएको अध्ययन सकेर नेपाल फर्केपछि विष्ट अध्यापन र राजनीति दुबैमा सक्रिय भए ।
काठमाडौंमा विष्टले केही समय राजनीतिशास्त्र पढाए भने डिल्लीबजारमा खुलेको एडल्ट स्कुलमा पनि अध्यापन गरे ।
राजनीतिमा लाग्ने क्रममा विष्ट राष्ट्रिय कांग्रेसको महामन्त्रीका साथै कार्यवाहक अध्यक्षसम्म बने । यसैवीच ०१७ सालमा राजा महेन्द्रको कदमलाई उनले खुलेर समर्थन गरेपछि उनको राजनीतिक यात्रा पञ्चायती व्यवस्थातर्फ मोडियो ।
सिंहदरबारको फन्कोः दौडाहा टोलीदेखि प्रधानमन्त्रीसम्म
पञ्चायत स्थापनाको प्रारम्भमा विष्ट दौडाहा टोलीको अध्यक्ष बने । ०१८ सालमा उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गए । त्यहीबेला राजाले उनलाई ०१८ साल मंसिर २९ गते राष्ट्रिय निर्देशन मन्त्री बनाए । र, यहीँदेखि उनको सिंहदरबार यात्रा औपचारिकरुपमा सुरु भयो ।
राजा महेन्द्रले ०१९ साल असार १८ गते डा. तुल्सी गिरीलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाएर सरकार पुनर्गठन गरे । सो मन्त्रिमण्डलमा विष्ट शिक्षामन्त्री बने । सो मन्त्रिमण्डलमा सूर्यबहादुर थापा अर्थमन्त्री थिए ।
तत्कालीन राजा महेन्द्रले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका गर्‍यै गर्थे । मन्त्रिपरिषदको अध्यक्ष उनी आफैं थिए भने उपाध्यक्ष डा. तुल्सी गिरीलाई बनाएका थिए ।
राजाले ०१९ साल चैत्र २० गतेदेखि भने डा. तुल्सी गिरीलाई मन्त्रिपरिषदको अध्यक्षको जिम्मेवारी सुम्पिए । र, विष्टलाई शिक्षाका साथै निर्माण, सञ्चार र यातायात मन्त्रालयको समेत जिम्मेवारी दिए ।
यही क्रममा ०२० साल चैत्र २० गते कीर्तिनिधि विष्टको जिम्मेवारी फेरियो । उनलाई शिक्षामन्त्रीका साथै परराष्ट्र मन्त्री पनि बनाइयो । यो सरकारमा पनि डा. गिरी नै अध्यक्ष थिए भने अर्थमन्त्रीसमेत रहेका सूर्यबहादुर थापालाई उपाध्यक्ष बनाइएको थियो । विष्ट मन्त्रीहरुको ५ औं बरियतामा थिए ।
विसं ०२१ साल माघ १३ गते पुनर्गठन भएको नयाँ मन्त्रिमण्डलमा डा. तुल्सी गिरीलाई हटाएर सूर्यबहादुर थापालाई अध्यक्ष बनाइयो । र, पाँचौं बरियतामा रहेका विष्टले दोस्रो बरियतामा उक्लिएर परराष्ट्र, भूमिसुधार कृषि र खाद्य मन्त्रालयको जिम्मेवारी सम्हाले ।
विष्टले पाएका भूमिसुधार, कृषि र खाद्य मन्त्रालयको जिम्मेवारी ०२२ साल माघ ८ गतेदेखि खड्गबहादुर सिंहलाई दिइयो ।
यही क्रममा ०२३ साल साउन १६ गतेदेखि उपाध्यक्ष विष्टलाई फेरि परराष्ट्रसँगै शिक्षा मन्त्रालयको समेत जिम्मेवारी थमाइयो । त्यसअघि शिक्षा मन्त्रालय पुष्करनाथ उप्रेतीले चलाएका थिए ।
राजा महेन्द्रले ०२३ साल माघदेखि अध्यक्ष र उपाध्यक्षको साटो प्रधानमन्त्री र उपप्रधानमन्त्री बनाउन थाले । यही क्रममा ०२३ साल माघ १४ गते पुनर्गठित मन्त्रिपरिषदमा सूर्यबहादुर थापा प्रधानमन्त्री भए भने विष्ट उपप्रधानमन्त्री बनाइए । त्यसबेला बेदानन्द झा गृहमन्त्री बनेका थिए । ०२४ साल जेठ १५ गते पुनर्गठित मन्त्रिमण्डलमा पनि सूर्यबहादुर थापा नै प्रधानमन्त्री थिए भने विष्टलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र र आर्थिक योजनाको जिम्मेवारी दिइयो । सो मन्त्रिमण्डलमा राजेश्वर देवकोटाले भूमिसुधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
सूर्यबहादुर थापाकै हैसियतमा व्यक्तित्व बनाइसकेका विष्टलाई राजाले एकाएक ०२५ साल चैत्र २५ गते प्रधानमन्त्री बनाए ।
यसअघि सूर्यबहादुर थापाले सम्हालिरहेको प्रधानमन्त्री पदका साथै अर्थ, सामान्य प्रशासन र राजदरबारसम्बन्धी मन्त्रालय विष्टको भागमा पुग्यो ।
वीचमा पटक-पटक मन्त्रिपरिषद गठन पुनर्गठन भइरहे पनि ०३० साल साउन १ गते नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री नबन्दासम्म सरकारको नेतृत्व विष्टले नै गरिरहे ।
दुई वर्ष प्रधानमन्त्री चलाएपछि नगेन्द्रप्रसाद रिजाल फालिए । र, ०३२ साल मंसिर १५ गते डा. तुल्सी गिरी प्रधानमन्त्री बन्न आइपुगे ।
गिरी प्रधानमन्त्री बनेको दुई वर्षपछि राजा वीरेन्द्रले उनलाई फालेर फेरि ०३४ साल भदौ २७ गते पुनः कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाए ।
विष्ट त्यसपछि ०३६ साल जेठ १६ गते सूर्यबहादुर थापा प्रधानमन्त्री नबन्दासम्म सरकारको नेतृत्वमा रहे । थापाले ०४० साल असार २९ गतेसम्म प्रधानमन्त्री चलाए । त्यसपछि लोकेन्द्र बहादुर चन्दले ०४२ साल चैत्रसम्म सरकारको नेतृत्व गरे । त्यसपछि नगेन्द्रप्रसाद रिजाल अन्तरिम प्रधानमन्त्री बने भने मरिचमानसिंह श्रेष्ठ ०४३ साल असार २ गते आम निर्वाचनपछिको प्रधानमन्त्री बन्न आइपुगे । र, मरिचमानकै पालामा पञ्चायतविरुद्ध आन्दोलन भयो र उनी पदच्युत भए । लोकेन्द्रबहादुरले सरकार सम्हालेको पर्सिपल्ट ०४६ चैत्र २६ गते बहुदल आयो ।
बहुदल आएपछि पनि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द घुमाई फिराई प्रधानमन्त्री बने । तर, विष्ट भने ‘लो प्रोफाइल’ मा बसे । सूर्यबहादुरले बहुदलकालमा पनि चुनाव जिते । तर, विष्टलाई भने चुनाव कहिल्यै फापेन ।
यद्यपि तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भने विष्ट ०६१ साल माघ २० गते राजाको मन्त्रिमण्डलमा पुनः उपाध्यक्ष बन्न आइपुगे । ०६३ साल बैशाखमा जनआन्दोलन सफल नहुञ्जेल डा. तुल्सी गिरी र विष्ट दुबैजना ज्ञानेन्द्रको मन्त्रिमण्डलका उपाध्यक्ष थिए ।
राष्ट्रवादी एवं सादगी नेताको छवि
अध्ययनशील विष्ट राजनीतिमा शिक्षामन्त्रीका रुपमा प्रवेश गरे भने परराष्ट्रमन्त्रीका रुपमा उनले नेपालको राष्ट्रियता सम्वर्द्धनमा महत्वपूर्ण भूमिका खेले ।
चीनको सीमानामा नेपाली भूमिमा रहेका भारतीय चेकपोष्टहरु विष्टकै पालामा हटेका हुन् । र, यही कारणले उनलाई भारतविरोधी राष्ट्रवादी नेताका रुपमा हेर्ने गरिएको छ । भारतमै राजनीतिशास्त्र पढेका भएपनि विष्टले भारतीय राजनीतिक हस्तक्षेप कहिल्यै रूचाएनन् ।
नेपाली राजनीतिमा विष्टको योगदानबारे पक्कै पनि विश्लेषकहरुले समीक्षा गर्लान् । तर, समग्रमा हेर्दाखेरि उनको राजनीतिक विशेषता भनेकै चीनसँगको विशेष सम्बन्ध निर्माण गरेर भारतीय हस्तक्षेपबाट नेपाललाई जोगाउनु, भ्रष्टाचारमा नमुछिनु, पदको लोभ नगरी राजनीतिमा नैतिकता एवं त्यागको भावना प्रदर्शन गर्नु, जीवन पर्यन्तसम्म सरल जीवनशैली अपनाउनु अनि निरन्तर राजतन्त्रको सेवक बन्नु इत्यादि हुन् ।
र, अर्को पनि के स्मरणीय हुन सक्छ भने विष्टले ०१७ सालदेखि निरन्तर राजतन्त्रको सेवा गरे पनि उनी क्रुर शासक होइनन् । ०३६ सालमा विद्यार्थी आन्दोलन चर्कनासाथ उनले शिक्षा मन्त्रीबाट राजीनामा दिए भने जनआन्दोलनको मुखमा प्रधानमन्त्री पदसमेत छाडेर विवादबाट टाढै बसे ।
विष्टको स्वभाव नै नरम र मध्यमार्गी प्रकारको थियो । उनले रुखो बोली बोलेर कसैलाई नचिढ्याएको समकालीनहरु बताउँछन् । भलै उनी गणतन्त्रवादी थिएनन् ।
सधैं दरबारको आशिर्वाद, चुनाव कहिल्यै फापेन
दुई दशकभन्दा बढी समय सिंहदरबारको कुर्सीमा बस्न सफल विष्टको जीवनमा चुनाव भने कहिल्यै फापेन ।
पञ्चायतको अन्त्य भएर ०४६ सालमा बहुदल आइसकेपछि विष्टले राष्ट्रिय जनता परिषदका नामबाट निर्वाचनमा भाग लिए । ०५१ साल काठमाडौं ३ बाट प्रतिनिधसभाको चुनाव लडेका पूर्वप्रधानमन्त्री विष्टले ११८० मत पाएका थिए । उनको पार्टीले देशभरिबाट २८ जना उम्मेदवार उठाएको थियो र देशभरिबाट ८९३१ मत प्राप्त भएको थियो ।
पूर्वप्रधानमन्त्री विष्ट ०५६ सालमा पनि काठमाडौं ३ बाटै चुनाव लडे । सो चुनावमा उनले ३६५ मत मात्र प्राप्त गरे । देशभरि ३९ स्थानमा उम्मेदवार उठाउँदा उनको पार्टीलाई जम्मा ३७९९ भोट आयो ।
०१८ सालदेखि ०३६ सालसम्म जतिबेलासम्म विष्ट मन्त्री र प्रधानमन्त्री बने, त्यसबेला देशमा कुनै आम चुनाव नै भएन । उनी सधैं राजाबाट मनोनित भएर सिंहदरबारमा पुगे । ०३६ सालपछि उनी ज्ञानेन्द्रकालको अपवादलाई छाडेर राजनीतिको अग्रभागमा खासै देखिएनन् ।
आखिर, जीवनको लामो कालखण्डसम्म सत्ता र शक्तिमा बसेको व्यक्ति जीवनको उत्तरार्धमा पदको लालसा नगरी सामान्य जीवन बिताएर सुटुक्कै महाप्रस्थान गर्न सक्दोरहेछ । यो सकारात्मक सन्देश पूर्वप्रधानमन्त्री विष्टको सबैभन्दा ठूलो मनोवैज्ञानिक योगदान हो हामी नेपालीका लागि ।
यसअर्थमा विष्ट पूर्वप्रधानमन्त्री भन्दा अलि उच्च तहका राजनीतिज्ञ हुन् भन्दा अन्यथा नहोला ।
अलविदा कीर्तिनिधि विष्टलाई !
स्रोतः https://www.onlinekhabar.com

यस्तो छ कास्कीका उम्मेदवारको मतदाता फकाउने काइदा

पोखरा-९ नयाँ बजारमा घरदैलोमा निस्किएका कास्की क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार देवराज चालिसेले मतदातासँग भने, ‘पटकपटक अरुलाई जिताउनुभयो तर, केही पाउनुभएन । यसपटक मलाई जिताउनुस्, म गर्व गर्न लायक काम गर्नेछु ।’
दलबलसहित मतदाताको घर आँगनमा पुगेर भोट माग्दै चालिसे मतदातासँग साँच्चिकै पोखराको एकीकृत विकासका लागि आˆनो उम्मेदवारी रहेको बताए ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता रवीन्द्र अधिकारी भने पोखरा-७ मासबारमा मतदातालाई नमस्कार गर्दै, मुसुक्क हाँसेर अंगालो मार्दै भोट मागिरहेका थिए ।
‘२ पटक मलाई जिताएर पठाउनुभयो । यो बीचले म सँधै तपाईंहरुसँगै रहन पाएँ । म अझै तपाईंहरुकै दुःखसुखमा सँगै हुन चाहन्छु । फेरि मलाई नै जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’
विकास समितिको सभापति रहेका रहेका अधिकारी मतदातालाई भन्दै थिए, ‘तपाईहरुले जिताएर म विकासको सम्वाहक हुन पाएँ । पोखराको मात्रै होइन, देशकै विकास गर्न मलाई जिताउनुहुनेछ भन्ने कुरामा म ढुक्क छु ।’
२१ मंसिरमा दोस्रो चरणमा निर्वाचन हुने कास्कीमा सबै दलले चुनावी अभियान तीव्रमात्रै पारेका छैनन्, मतदातालाई फकाउने सबै अस्त्र प्रयोग गरिरहेका छन् । उम्मेदवारहरुको आआˆनो जितको दाबा त छँदैछ, एकअर्कालाई होच्चाएर, गाली गलौज गर्नसमेत पछिपरिरहेका छैनन् ।
पहिलो पटक टिकट पाएका कांग्रेस नेता देवराज चालिसे भन्छन्, ‘कसैले पनि दुई पटकभन्दा बढी उठ्न पाउनुहुँदैन । काम गर्नेले दुई पटकमा धेरै कुरा गर्न सक्छ । क्षमतावान व्यक्तिले अवसर पाउनुपर्छ । त्यसैले म आˆनो क्षमता, पहिलो पटकको ऊर्जाको यहाँको विकास र समृद्धिमा लगाउनु चाहन्छु ।’
त्यसको प्रतिवादमा अधिकारीको भन्छन्, ‘मलाई भोट देउ भन्दैमा, कराउँदैमा केही हुँदैन । भोट पाउनु मतदाताको मन जित्नुपर्छ । दुई पटकभन्दा बढी उठ्न नपाउने कुरा मतिर होइन्, उहाँले आफ्नै पार्टीको नेता रामचन्द पौडेललाई किन भन्नुहुन्न ? शेरबहादुरजीलाई किन भन्नुहुन्न ?’

कास्कीमा अधिकारी र चालिसेको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । दुई पटकसम्म संविधानसभाको निर्वाचन जितेका अधिकारी यसपाली हृयाट्रिक गर्ने दाउमा छन् भने चालिसे इन्टी मार्न ।
‘राजनीतिमा प्रतिस्पर्धा हुन्छ तर, दुश्मनी हुँदैन,’ उनले भने, ‘त्यसै कारण कसैले कसैलाई गालीबेइज्जत गर्न जरुरी छैन ।’
‘देशमा कांग्रेसले धेरैपटक बहुमतको सरकार बनायो, स्थिरता दिन सकेन,’ अधिकारीले भने, ‘अहिले जनता र कांग्रेसका असल कार्यकर्ताले एकपटक वाम गठबन्धनले बहुमतको सरकार बनाओस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।’
कांग्रेस उम्मेदवार चालिसे प्रतिस्पर्धा र दुश्मनीभन्दा पनि एकपटक सबैले आवसर पाउनुपर्ने बताउँछन् । ‘जनता कुनै पार्टीको पेवा होइनन् । एउटै स्वाद होइन, विकासको फरक स्वाद जनताले चाहेका छन्,’ उनले भने, ‘हाम्रा एजेन्डा सबै जनता समक्ष पुर्‍याउनुछ । चुनाव हामी जित्छौं ।’
चालिसे र अधिकारी दुवै विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिबाट स्ववियु सभापति हुँदै मूलधारको राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् ।
रुपान्तरणका लागि कम्युनिष्ट सरकारः खगराज अधिकारी
वाम गठबन्धनका तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगराज अधिकारी सामाजिक र आर्थिक रुपान्तरणका लागि नेपालमा कम्युनिष्ट सरकारको विकल्प नरहेको बताउँछन् ।
एमाले सल्लाहकार परिषद्का उपाध्यक्ष समेत रहेका अधिकारीले युवा स्वरोजगार, सामाजिक सुरक्षा भत्ता, आˆनो गाउ आँफै बनाउ अभियान र उज्यालो नेपाल जस्ता कार्यक्रम लागु गर्न नेपालमा
कम्युनिस्ट सरकारको विकल्प नरहेको बताए । उनले तालहरुको संरक्षण र व्यवस्थित बस्ती विकास र बेरोजागरीको अन्त्य यस क्षेत्रको पहिलो आवश्यकता भएको बताए ।
राम्रा योजना कार्यान्वयनका लागि पैसाको अभाव नहुने भन्दै अधिकारीले यस क्षेत्रमा लगानीकर्ताको सम्मेलन गरेर ठूलाठूला लगानी गर्न सकिने विश्वास व्यक्त गरे । उनलेे वाम गठवन्धन कसैप्रति लक्षित नभएर नेपालको गरिबी, अशिक्षा र बेरोजगारीको विरुद्ध भएको बताए ।
सम्पूर्ण समस्याको समाधान गर्न कांग्रेसलाई भोटः यज्ञबहादुर
कास्की क्षेत्र नम्बर १ मा कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका यज्ञबहादुर थापाले जनताको समस्या आफ्नो समस्या भएको बताएका छन् ।
लामो राजनीतिक यात्राको क्रममा जनताको हरेक समस्यालाई आफूले प्रत्यक्ष रुपमा भोगेको उल्लेख गर्दै उनले भने, ‘यहाँ जनताको समस्यालाई बुझ्ने भनेकै कांग्रेसले मात्र हो । कम्युनिस्टहरु त आफ्नो अभिष्ट पुरा गर्नका लागि मात्रै लागिरहेको अहिलेको यथार्थ छ ।’
उपलब्धी जोगाउन कांग्रेसलाई मतः शर्मा
कास्की क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार शुक्रराज शर्माले लामो समयसम्मको उतारचढाव पश्चात राष्ट्रले प्राप्त गरेको उपलब्धिको रक्षाका लागि कांग्रेसलाई मत दिनुको बिकल्प नरहेको बताए ।
मतदाताहरुसँग आग्रह गर्दै नेता शर्माले बिगतमा कांग्रेसले नेतृत्व गरेका बिभिन्न आन्दोलनले सफलता हाँसिल गरेको स्मरण गराउँदै यसपालीको चुनावमा पनि नेपाली कांग्रेसलाई मत दिनका लागि अपिल गरे । उनले अहिलेको चुनाव कांग्रेसका लागि लोकतन्त्रको रक्षाको आन्दोलननै भएकोले पनि यस आन्दोलनमा सहभागी भई कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।
उनले यसपालि कांग्रेसले जित्नैपर्ने वाध्यात्मक परिस्थिति आएको भन्दै कांग्रेसले नजिते देश अफ्ठेरो परिस्थितिमा पर्ने बताए ।
जनताका समस्या सूचीकृत गरेका छौंः जगत
वाम गठबन्धनका उम्मेदवार जगत विश्वकर्माले जनताको घरदैलोमा पुगेर भोट मात्र नमागी आफूहरुले जनताका विकास निर्माण लगायतका साना ठूला समस्याहरुलाई पनि सूचीकृत गरेको बताउँछन् ।
‘जनताको घरदैलोमा हामी भोट माग्नमात्रै गएका छैनौं, जनाका समस्या सूचिकृत पनि गरेका छौं,’ विक भन्छन्, ‘जनताको असली समस्या सधान गर्न, विकास र समृछिका लागि गम गठबन्धनलाई मतदाताले जिताउनुहुने छ । ‘
विकले आफूले जनताले अवगत गराएका सबै समस्याहरुलाई सूचीकृत गरेको र संघ तथा प्रदेश सरकार बनेपछि समाधान गर्न प्रतिबद्ध रहेको भनाइ राखे । ‘चुनावमा भोट माग्ने अधिकार सबै राजनीतिक दलहरुलाई छ । सबै जनतासँग भोट माग्न जान्छन् । तर हामीले भोट मात्र मागेका छैनौं । जनताका समस्याहरुलाई पनि टिपोट गरेका छौं,’ विकले भने’ जनताका समस्याहरुलाई छिटो भन्दा छिटो समाधान गछौं ।’
प्रतिनिधि सभाका उम्मेदवारसँगै प्रदेश सभाका उम्मेदवार पनि मतदाताको घरदैलोमा पुगेर कसरी भोट आˆनो पक्षमा पार्न सकिन्छ भनेर लागिरहेका छन् । क्षेत्रगत हिसाबमा प्रतिनिधि सभाका उम्मेदवार र दुई प्रदेश सभाका उम्मेदवार सँगै भोग माग्न जनताको घर दैलोमा पुगेका छन् ।

स्रोतः https://www.onlinekhabar.com

आमाबुवाकै कारण यस्तो समस्यले ग्रसित हुँदैछन् बालबालिका

तपाईंले ख्याल गर्नुभएकै होला, अहिलेका बच्चाको मुड ठिक छैन । क्षणमै रिसाउँछन् । क्षणमै खुसी हुन्छन् । अर्थात उनीहरुको मानसिकता स्थितर छैन ।...